Ad image

रोल्पामा आँखा शिविर सञ्चालन हुने

malashree
malashree ६ भाद्र २०८३, शनिबार
1 Min Read
Aa

मालश्री खबर, भाद्र ६ रोल्पा । रोल्पामा आँखा शिविर सञ्चालन हुनेभएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको संयुक्त आयोजनामा रोल्पाका विभिन्न स्थानमा  शिविर सञ्चालन हुने भएको हाे ।

शिविर अागामी   भदौ १३ गतेदेखि २७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा शिविर सञ्चालन गरिने जनाइएको छ। शिविरमा निःशुल्क आँखा परीक्षण तथा आवश्यक परेका बिरामीलाई निःशुल्क औषधि वितरण गरिनेछ। मोतीबिन्दुका बिरामीलाई छनाैट गरी आवश्यकताअनुसार निःशुल्क शल्यक्रियासमेत गरिने आयोजकले जनाएको छ।

शिविर भदौ १३ गते रोल्पा नगरपालिका–१० धबाङ, १८ गते रोल्पा नगरपालिका–७ माडीचौर, २० गते त्रिवेणी गाउँपालिका–४ नेर्पा स्वास्थ्य चौकी जुगार, २१ गते माडी गाउँपालिका–६ कोर्चाबाङ मिनाही, २२ गते माडी गाउँपालिका–२ घर्तीगाउँ, २३ गते परिवर्तन गाउँपालिका–३ बागमारा, २४ गते परिवर्तन गाउँपालिका–२ राङ्सी, २५ गते रोल्पा नगरपालिका–६ कोटगाउँ तथा २६ र २७ गते तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रोल्पामा सञ्चालन हुनेछ।

- Advertisement -
Ad image

शिविरमा तिलगंगा आँखा प्रतिष्ठान, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा तथा सम्बन्धित स्थानीय तह र स्वास्थ्य संस्थाहरूको समन्वय रहनेछ। आर्थिक अवस्था कमजोर तथा आँखासम्बन्धी समस्या भएका नागरिकका लागि शिविरबाट प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

malashree

प्रतिक्रिया दिनुहोस्