Ad image

प्युठानमा फेला परेका शवमध्ये पाँच जनाको पहिचान, रोल्पा थबाङका

malashree
malashree २८ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, २८ साउन, रोल्पा ।  रोल्पाको थबाङ गाउँपालिका–५, उवा कोटलबारामा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये प्युठान जिल्लाका विभिन्न स्थानमा फेला परेका पाँच जनाको शव पहिचान भएको छ। २०८३ साल साउन २८ गते साँझ ८ः३० बजेसम्म प्राप्त विवरणअनुसार पहिचान हुनेमा थबाङ गाउँपालिका–५ निवासी अन्दाजी ३८ वर्षीया जुनकुमारी पुन मगर (उपनाम विष्णु पुन), अन्दाजी ५ वर्षीय अशोक पुन मगर, अन्दाजी ८० वर्षीय बलबहादुर पुन मगर, अन्दाजी ६६ वर्षीया मनि पुन मगर र अन्दाजी ३४ वर्षीय महेन्द्र घर्ती रहेका छन्। उनीहरू सबै थबाङ गाउँपालिका–५, उवा कोटलबारामा गएको पहिरोमा परी बेपत्ता भएकाहरू रहेको बताइएको छ।  पहिरोपछि बेपत्ताहरूको खोजी तथा उद्धारका क्रममा प्युठानको माडी खोलालगायत विभिन्न स्थानमा शव फेला परेका थिए। पछिल्लो विवरणअनुसार पहिरोमा परी मृत्यु हुनेको संख्या १० जना पुगेको छ भने २ जना घाइते र ३ जना अझै बेपत्ता रहेका छन्। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धार टोलीले सम्भावित स्थानमा खोजीलाई तीव्रता दिएका छन्।

malashree

प्रतिक्रिया दिनुहोस्