Ad image

सुनिलस्मृति गाउँपालिकामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

malashree
malashree २८ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, साउन २८रोल्पा । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा सुनिलस्मृति गाउँपालिकामा “उत्पादनमा आधारित प्रोत्साहन र स्थानीय उत्पादन वृद्धिमा मेरो भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा आयोजित प्रतियोगिता गाउँपालिकाको आयोजना तथा युवा परिषद्, सहास नेपाल, हुरेक नेपाल र आईएनएफ नेपालको सहकार्यमा सम्पन्न भएको हो।

May be an image of one or more people, television and text
कार्यक्रममा अन्य अथितिमा सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापा, प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल लगाएत रहनुभएको थियो । प्रतियोगितामा वडा नम्बर २ का माधव सिंह प्रथम, वडा नम्बर ५ की आकृती पुन द्वितीय, वडा नम्बर ७ की भविन्द्रा रोका तृतीय तथा वडा नम्बर ५ का कमल बिष्टले सान्त्वना स्थान हासिल गर्नुभएको छ। युवाहरूलाई स्थानीय उत्पादन, उद्यमशीलता तथा उत्पादनमुखी गतिविधिमा जोड दिँदै उनीहरूको भूमिका र जिम्मेवारीबारे जागरूक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ।

प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने विजेताहरू, सहभागी सम्पूर्ण युवा तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने साझेदार संस्थाहरूलाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।

May be an image of one or more people

- Advertisement -
Ad image

May be an image of one or more people and text

May be an image of one or more people, speaker, television and text

May be an image of one or more people, television, speaker, newsroom and text

malashree

प्रतिक्रिया दिनुहोस्