Ad image

ग्यासको अभाव : सुलिचौरमा ग्यास डिलरको अनुगमन, कालोबजारी नियन्त्रणमा प्रहरीको सक्रियता

malashree
malashree २४ श्रावण २०८३, आईतवार
1 Min Read
Aa

मालश्री खबर, साउन २४ रोल्पा । हाल बजारमा देखिएको कृत्रिम ग्यास अभावलाई मध्यनजर गर्दै रोल्पाको सुलिचौर बजारमा रहेका विभिन्न ग्यास डिलर तथा बिक्री केन्द्रहरूको अनुगमन गरिएको छ।

ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी तथा उपभोक्ता ठगी हुन सक्ने अवस्थालाई नियन्त्रण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय सुलिचौरले बजार अनुगमन गरेको हो।

इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अनिलकुमार चौधरीको कमान्डमा खटिएको ५ सदस्यीय प्रहरी टोलीले बजारमा रहेका विभिन्न ग्यास डिलरमा पुगेर ग्यासको मौज्दात, बिक्री वितरणको अवस्था तथा मूल्यलगायतका विषयमा अनुगमन गरेको जनाइएको छ।

- Advertisement -
Ad image

अनुगमनका क्रममा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री गर्ने तथा कालोबजारी गर्ने गतिविधि भएमा आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

बजारमा ग्यासको सहज आपूर्ति तथा उपभोक्ताको हित संरक्षणका लागि अनुगमनलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।

malashree

प्रतिक्रिया दिनुहोस्