Ad image

रोल्पाका स्थानीय तहको बजेट खर्चः असारमा हतार, गुणस्तरमाथि प्रश्न

malashree
malashree २४ श्रावण २०८३, आईतवार
7 Min Read
Aa
फाइल तस्बिर
फाइल तस्बिर

भरत विश्वकर्मा
रोल्पा । रोल्पाका स्थानीय तहहरुले वार्षिक पुँजीगत बजेटको ठुलो हिस्सा असार महिनामा खर्च गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको नतिजा अनुसार आर्थिक वर्ष २०८१÷८२ मा जिल्लाका दश स्थानीय तहले १ अर्ब २२ करोड ४३ लाख २ हजार रुपैयाँ खर्च गरेकोमा ६५ करोड १८ लाख ८२ हजार रुपैयाँ बजेट असार महिनामा मात्र खर्च गरेको तथ्याङ्कले देखाएको छ । कुल खर्चको आधा हिस्सा बजेट त स्थानीय तहले असार मसान्तमा मात्र खर्च गरेको देखिएको हो ।

जिल्लाको स्थानीय तहहरु मध्ये असार महिनामा बढी बजेट खर्च गर्ने स्थानीय तहमा गंगादेव गाउँपालिका अग्रस्थानमा छ, उसले ७८ प्रतिशत बजेट असारमा मात्र खर्च गरेको देखिएको छ भने सबैभन्दा कम सुनिलस्मृति गाउँपालिकाको छ, उसले ३८.८५ प्रतिशत बजेट असारमा खर्च गरेको छ । सुनिलस्मृति गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा पुँजीगत खर्च ११ करोड ९१ लाख ५१ हजार रुपैयाँ रहेकोमा ५ करोड ९८ लाख ७३ हजार रुपैयाँ अर्थात् ३६.८५ प्रतिशत बजेट असारको महिनामा मात्र खर्च गरेको पाइएको छ । यस पालिकाले प्रथम चौमासिक अवधिमा १ करोड ७ लाख ८६ हजार रुपैयाँ, दोस्रो चौमासिकमा १ करोड ४२ लाख ८२ हजार रुपैयाँ र तेस्रो चौमासिकको ९ करोड ४० लाख ८३ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।

सुनछहरी गाउँपालिकाले ११ करोड ४२ लाख १६ हजार रुपैयाँ खर्च गरेकोमा ४ करोड ८२ लाख ५० हजार अर्थात् ४२.२४ प्रतिशत बजेट असार महिनामा खर्च गरेको अवस्था छ । सो पालिकाको प्रथम त्रैमासिक अवधिमा २ लाख ७२ हजार रुपैयाँ मात्र बजेट खर्च गरेको छ । दोस्रो त्रैमासिकमा १६ लाख ६४ हजार रुपैयाँ, तेस्रो त्रैमासिकको समयमा ३ करोड ६७ लाख रुपैयाँ र चौथो त्रैमासिकमा ७ करोड ५४ लाख ८२ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।
लुङ्ग्री गाउँपालिकाले १४ करोड १३ लाख ४७ हजार रुपैयाँ बजेट खर्च गरेकोमा ८ करोड ३९ लाख ९९ हजार रुपैयाँ अर्थात् ५१.२४ प्रतिशत बजेट असार महिनामै खर्च भएको छ, सो पालिकामा खर्च भएको बजेटको आधा भन्दा बढी हिस्सा असार महिनामा खर्च भएको देखिन्छ । सो पालिकाको प्रथम त्रैमासिकमा २२ लाख २९ हजार रुपैयाँ, दोस्रो त्रैमासिकमा २८ लाख ६५ हजार रुपैयाँ, तेस्रो त्रैमासिकमा १ करोड ३७ लाख २४ हजार रुपैयाँ र चौथो त्रैमासिकमा १२ करोड २५ लाख १७ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।

जिल्लाको एक मात्र नगरापालिकाले १३ करोड ५३ लाख ९६ हजार रुपैयाँ बजेट खर्च गरेकोमा असार महिनामा मात्र ७ करोड १९ लाख २ हजार अर्थात् ५३ प्रतिशत बजेट खर्च भएको छ । रोल्पा नगरपालिकाले पनि आर्थिक वर्षमा खर्च भएको बजेटको आधा भन्दा बढी हिस्सा असार महिनाको अवधिमा खर्च गरेको देखिन्छ । सो नगरपालिकाको प्रथम त्रैमासिकमा १ करोड ४७ लाख ७७ हजार रुपैयाँ, दोस्रो त्रैमासिकमा १ करोड ८ लाख ५४ हजार रुपैयाँ, तेस्रो त्रैमासिकमा २ करोड ४४ लाख ४७ हजार रुपैयाँ र चौथो त्रैमासिकमा ८ करोड ५३ लाख १८ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।

- Advertisement -
Ad image

रुन्टीगढी गाउँपालिकाले १४ करोड ७९ लाख ९ हजार रुपैयाँ पुँजीगत खर्च गरेकोमा असार महिनामा मात्र ६ करोड ७१ लाख ९८ हजार अर्थात् ४५.४३ प्रतिशत बजेट खर्च भएको छ । सो पालिकाले प्रथम त्रैमासिकमा २७ लाख २५ हजार रुपैयाँ, दोस्रो त्रैमासिकमा ६३ लाख ७४ हजार रुपैयाँ, तेस्रो त्रैमासिकमा ३ करोड ४० लाख ९६ हजार रुपैयाँ र चौथो त्रैमासिकमा १० करोड ४७ लाख १४ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।

माडी गाउँपालिकामा ८ करोड ३७ लाख १३ हजार रुपैयाँ बजेट खर्च गरेकोमा ३ करोड ९७ लाख १३ हजार अर्थात् ४७.४३ प्रतिशत बजेट असारमा खर्च भएको छ । यस पालिकाले प्रथम त्रैमासिकमा १७ लाख १२ हजार रुपैयाँ, दोस्रो त्रैमासिकमा १ करोड ४६ लाख ५३ हजार रुपैयाँ, तेस्रो त्रैमासिकमा ७७ लाख ३१ हजार रुपैयाँ र चौथो त्रैमासिकमा ५ करोड ९६ लाख १७ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।

परिवर्तन गाउँपालिकाले ११ करोड १ लाख २३ हजार बजेट विनियोजन गरेकोमा ५ करोड ४२ लाख ६७ हजार अर्थात् ५० प्रतिशत बजेट असारमा खर्च गरेको छ । सो पालिकाले प्रथम चौमासिकमा ७ लाख ७७ हजार रुपैयाँ, दोस्रो चौमासिकमा १ करोड ३१ लाख ६१ हजार रुपैयाँ र तेस्रो चौमासिकमा ९ करोड ६१ लाख ८४ हजार बजेट खर्च गरेको छ ।
थबाङ गाउँपालिकाले १२ करोड १२ लाख २३ हजार बजेट खर्च गरेकोमा ८ करोड ३६ लाख ५५ हजार अर्थात ६९ प्रतिशत बजेट असारमा खर्च गरेको छ । सो पालिकाले प्रथम त्रैमासिकमा १ लाख ३ लाख ८४ हजार रुपैयाँ, दोस्रो त्रैमासिकमा ५ लाख ३३ हजार रुपैयाँ, तेस्रो त्रैमासिकमा १ करोड २० लाख ३८ हजार रुपैयाँ र चौथो त्रैमासिकमा ९ करोड ८२ लाख ६८ हजार बजेट खर्च गरेको छ ।

त्रिवेणी गाउँपालिकामा १४ करोड ३७ लाख ३४ हजार खर्च भएकोमा ५ करोड ९२ लाख २७ हजार अर्थात् ४१.२० प्रतिशत बजेट असार महिनामा खर्च गरेको छ । सो पालिकाले प्रथम त्रैमासिकमा ५३ लाख ५६ हजार रुपैयाँ, दोस्रो त्रैमासिकमा १ करोड १४ लाख २८ हजार रुपैयाँ, तेस्रो त्रैमासिकमा ३ करोड ३१ लाख ३८ हजार रुपैयाँ र चौथो त्रैमासिकमा ९ करोड ३८ लाख ११ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।
गंगादेव गाउँपालिकाले १० करोड ७४ लाख ९० हजार पुँजीगत बजेट खर्च गरेकोमा ८ करोड ३८ लाख रुपैयाँ अर्थात् ७८ प्रतिशत बजेट असार महिनामा खर्च गरेको छ । सो पालिकाले प्रथम र दोस्रो त्रैमासिक अवधिमा बजेट खर्च नै गरेको छैन् । तेस्रो त्रैमासिकमा ९० लाख ४८ हजार रुपैयाँ र चौथो त्रैमासिकमा ९ करोड ८४ लाख ४२ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।

संघ, प्रदेश र स्थानीय तह गरी तिनै तहको सरकारको बजेट खर्चको परिपाटी उस्तै छ । सरकारको बजेट कार्यान्वयनको प्राथमिकता आर्थिक वर्षको अन्त्यमै पर्ने गरेको छ । यसले गर्दा सरकारबाट हुने कामको गुणस्तरमाथि प्रश्न उठ्ने गरेको छ । महालेखा परीक्षकको कार्यालयले पनि असारको अन्त्यमा हुने बजेट खर्चको परिपाटीलाई कम गर्न सुझाब दिदै आएको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्