रोल्पा,२३ साउन । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याव्सन जिल्ला शाखा रोल्पाको आयोजना र प्याव्सन लुम्बिनी प्रदेशको सहजीकरणमा निजी तथा आवसीय विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरुको लागि नेतृत्व विकास तथा व्यवस्थापन कार्यशाला गरिएको छ ।
कार्यक्रम प्याव्सन रोल्पाका अध्यक्ष डिबि घर्तिमगरको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्याव्सनका केन्द्रीय सल्लाहकार सुमन गोपालाचार्य रहनु भएको थियो ।
विद्यालय सञ्चालक तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, विद्यालय नेतृत्वको क्षमता विकास गर्ने र शैक्षिक संस्थाको व्यवस्थापकीय पक्षलाई व्यवस्थित बनाउने उदेश्यले कार्यशाला आयोजना गरिएको आयोजकले बताएको छ । कार्यशालामा जिल्ला स्थित निजी तथा आवसीय विद्यालयका सञ्चालक, प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारले शिक्षालाई कस्तो बनाउने, शिक्षामा कसरी आमुल परिवर्तन गर्ने भन्ने विषयमा बहस आवश्यक रहेको बताउनु भयो । वर्तमान युग सुहाउदो शिक्षा प्रदान गर्नका लागि बहस आवश्यक रहेको उहाँको तर्क थियो । निजि विद्यालयहरुबाट पनि शिक्षामा क्षेत्रमा योगदान पु¥याउँदै गरेको उहाँको आसय थियो । शैक्षिक क्षेत्रको सुधारका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको छ उहाँले भन्नुभयो ।
प्याव्सनका केन्द्रीय सल्लाहकार सुमन गोपालाचार्यले विद्यालयलाई गुणस्तर बनाउन सबैको सहकार्य आवश्यक रहने कुरा बताउनु भयो । विद्यालयलाई राम्रो बनाउन सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।






प्रतिक्रिया दिनुहोस्