मालश्री खबर, २१ साउन रोल्पा । “भिन्न परिवेश–साझा आकांक्षा“ भन्ने मूल नारासहित मनाइँदै आएको अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ अन्तर्गत सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन बिहीबार सुलिचौरमा सरसफाइ अभियान सम्पन्न गरिएको छ।
साउन २१ देखि २७ गते (अगस्ट ६ देखि १२) सम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत पहिलो दिन सुलिचौर काँधधारा देखि जुगेखोला सम्मको सडकको दायाँ–बायाँ क्षेत्रमा सरसफाइ गरिएको हो।


गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय सुलिचौरका इन्चार्जसहित सुरक्षाकर्मी, सुलिचौर रेडक्रस उपशाखाका सभापति तथा पदाधिकारी, सुलिचौर र रुइनिबाङ बजार क्षेत्रका उद्योगी–व्यापारी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले स्वच्छ, सफा र वातावरणमैत्री समाज निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सामूहिक श्रमदानमार्फत सरसफाइ अभियानलाई सफल बनाएका थिए। गाउँपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सप्ताहभर विभिन्न जनचेतनामूलक, सामाजिक तथा युवा सहभागिता अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।











प्रतिक्रिया दिनुहोस्