Ad image

तीजको अवसरमा नयाँ मौलिक लोकदोहोरी गीत सार्वजनिक(भिडियोसहित)

malashree
malashree २० श्रावण २०८३, बुधबार
2 Min Read
Aa

मालश्री खबर, साउन २० रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–७, तेवाङमा छायांकन गरिएको नयाँ मौलिक तीज लोकदोहोरी गीत सार्वजनिक भएको छ। गीतमा संगीत अनुपम क्षेत्री र कल्पना गुरुङको सुमधुर स्वर रहेको छ भने शब्द तथा संगीत संगीत अनुपम क्षेत्री (तबिराम खड्का)ले सिर्जना गरेका हुन । गीतको एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ गौरव गिरीले गर्नुभएको हो। रेकर्डिङ काठमाडौंको मित्रनगर–२६ स्थित एसडीआर स्टुडियोमा गरिएको हो।

गीतको भिडियो निर्देशन, छायांकन, निर्माण तथा सह–कोरियोग्राफी दिपक आर. मगरले गर्नुभएको छ। भिडियोमा मुक्त केसी, अर्पणा जी. मगर, शरद आर. मगर, सिम्रन घर्ति मगरको अभिनय रहेको छ। ड्रोन छायांकन धर्मेन्द्र थापाले गर्नुभएको छ भने भिडियो सम्पादन तथा कलर दिपक आर. मगर र राजेश नेपालीले संयुक्त रूपमा गरेका हुन । कोरियोग्राफी अर्पणा घर्ति मगरको रहेको छ पोस्टर डिजाइन छाया घर रोल्पाले तयार गरेको हो भने पोस्ट–प्रोडक्सन पनि छायाघर रोल्पामै सम्पन्न गरिएको छ।

भिडियोको व्यवस्थापनमा टोपबहादुर रोका, लिलबहादुर बि.क. तथा लिस्ने राजयपोखरी युवा क्लब, सुनिलस्मृति गाउँपालिका–७, तेवाङको सक्रिय भूमिका रहेको निर्माण टिमले जनाएको छ। रोल्पाको प्राकृतिक तथा सांस्कृतिक परिवेशलाई समेटेर सुनिलस्मृति गाउँपालिका–७, तेवाङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस गीतले तीज पर्वको मौलिक संस्कृति, नृत्य र मनोरञ्जनलाई जीवन्त रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। गीतको मिडिया पार्टनरका रूपमा रेडियो मालाश्री एफएम १००.५ मेगाहर्ज, रेडियो सभ्यता एफएम ९९.५ मेगाहर्ज, राजेश समर्पण नेपाली तथा रोल्पा मिडिया हब लगाएत रहेका छन्।

- Advertisement -
Ad image

मिडियो यहाँ……………

malashree

प्रतिक्रिया दिनुहोस्