Ad image

रोल्पामा जिप दुर्घटना, ९ जना घाइते

malashree
malashree १९ श्रावण २०८३, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, साउन १९ रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

गंगादेव गाउँपालिका–१ भुर्तीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप दिउँसो करिब १२ बजे अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुगारबाट प्रहरी सहायक निरीक्षक खेमराज पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। प्रारम्भिक उपचारका लागि स्वास्थ्य चौकी जुगार लगिएका घाइतेहरूलाई थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

दुर्घटनामा चालक दिलकुमार वली सामान्य अवस्थामै रहेका छन् भने सहचालक चित्रराम वली गम्भीर घाइते भएका छन्। अन्य घाइतेहरूमा धर्मराज डाँगी, सपुरी डाँगी, पलबहादुर घर्तीमगर, मनिका डाँगी, उनका ४ वर्षीय छोरा प्रदीप डाँगी, पृथ्वी पुन मगर, हरि वली र भारतको मोतिहारी जिल्ला घर भई कवाडी व्यवसाय गर्ने सन्तोष सहनी रहेका छन्। अधिकांशको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad image

दुर्घटनापछि जिप घटनास्थलमै रहेको छ भने चालकलाई केहि नभएकाे र उनलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

malashree

प्रतिक्रिया दिनुहोस्