रोल्पा ,१८ साउन । नेकपा लुङ्ग्री गाउँपालिका सदस्य जालसिङ पुन नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। नेपाली कांग्रेस लुङ्ग्री गाउँपालिका–१ ले अगुवा भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमको अवसरमा पुन पार्टी प्रवेश गर्नुभएको हो ।
वडा सभापति गोविन्द थापाको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य पुस्त पुन, नेपाली कांग्रेस लुङ्ग्री गाउँपालिका उपसभापति मति पुनलगायतको उपस्थिति रहेको थियो। पार्टी प्रवेश गर्नुभएका पुनलाई नेपाली कांग्रेसका नेताकार्यकर्ताले स्वागत तथा सम्मान गरेका छन्।
पुनको पार्टी प्रवेशलाई व्यक्तिगत दल प्रवेशका रूपमा मात्र नभई विकास, सहकार्य, समावेशिता र लोकतान्त्रिक संस्कृतिप्रतिको विश्वासको अभिव्यक्तिका रूपमा लिइएको कांग्रेसले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्