Ad image

प्रेम संगमको `मै कस्ती भाकिछु’ तिज गीत सार्वजनिक (भिडियो सहित)

malashree
malashree १८ श्रावण २०८३, सोमबार
1 Min Read
Aa

रोल्पा,१८ असार । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजलाई लक्षित गर्दै नयाँ तीज गीत मै कस्ती भाग्यमानी सार्वजनिक भएको छ । प्रेम घर्तिमगर (प्रेम संगम)को यो गित सोमबार दिउसो ३ः३३ बजेको समयमा सार्वजनिक गरिएको हो ।

गीतमा निता थापा मगरको स्वर रहेको छ भने राजुकुमार बगरले संगीत भरेका छन् । गीतका शब्द प्रेम संगमको रहेको छ । हेमन्त कान्छा रसाइलीको एरेन्जमा तयार भएको गीतको भिडियोमा निशा मगर, विक्रम बुढाथाकी लगायतको अभिनय रहेको छ । कोरियोग्राफीको रुपमा मौसम बराल रहेका छन् ।

गीतको भिडियो चन्द्र मन्दिर मगरको निर्देशनमा बनेको हो ।भिडियोमा निर्मल प्याकुरेलले छायांकन, सम्पादन तथा कलरको जिम्मेवारी सम्हालेका छन् । भिडियोको फोटोग्राफी हरिराम रोकायाले गरेका छन् ।

प्रतिक्षा सिजापती निर्माता रहेको उक्त तीज गीतको भिडियो निर्माणमा कृपा एण्ड कृतिका प्रो को पोस्ट प्रोडक्सन तथा आराध्या मिडिया हाउसको मार्केटिङ सहयोग रहेको छ ।

- Advertisement -
Ad image

 नेपाली मौलिक संस्कृति र तीजको भावनालाई समेटेर तयार पारिएको मै कस्ती भाग्यमानी गीतले दर्शक तथा श्रोता माझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । प्रेम संगमको अहिले बजारमा आएको गित छैटौं गित हो । उनी रोल्पाको सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत हुन । यो गित प्रतीक्षा सिजापति युट्युब च्यानलबाट सार्वजनिक भएकाे छ ।

गितको लिंक 👇️

malashree

प्रतिक्रिया दिनुहोस्