Ad image

दिपेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन

malashree
malashree १६ श्रावण २०८३, शनिबार
2 Min Read
Aa

मालश्री खबर, साउन १६ रोल्पा । रोल्पा नगरपालिका–१ स्थित दिपेन्द्र माध्यमिक विद्यालय, सानोलिबाङको नवनिर्मित विद्यालय भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्ती, उपप्रमुख गीता आचार्य तथा प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको हो ।

रोल्पा नगरपालिका र स्थानीय जनश्रमदानको साझेदारीमा कुल ७३ लाख ४७ हजार रुपैयाँ लागतमा चारकोठे विद्यालय भवन निर्माण गरिएको हो । भवन निर्माण कार्य समयमै सम्पन्न गर्नुका साथै जनश्रमदानमार्फत उत्कृष्ट योगदान पु¥याएको भन्दै रोल्पा नगरपालिकाले विद्यालयलाई सम्मानसमेत गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसिं घर्ती (शंकर) को अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख सुरेन्द्र थापा घर्ती प्रमुख अतिथि तथा उपप्रमुख गीता आचार्य र प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा वडा नं. १ का अध्यक्ष खुमबहादुर थापा, शिक्षा शाखा प्रमुख कर्णबहादुर पुन, जिन्सी शाखा प्रमुख रश्मि न्यौपाने, सहरी स्वास्थ्य केन्द्रका घनश्याम थापा, वडा सदस्य सन्देश थापा र आशा नेपाली, नेपाल शिक्षक संघका अध्यक्ष छबिलाल रावत, आधारभूत विद्यालय सल्लिबोटका प्रधानाध्यापक उदय महरा, समाजसेवी ओबिलाल रावत, दिपेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक हेमन्त केसी, डिल्लेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गा कँवर, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष केसर पुन, इन्द्रेश्वरी माध्यामिक विद्यालय खेंवासेका प्रधानाध्यापक लगायत शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

शिक्षक तुलसा कँवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक भूपबहादुर केसीले गर्नुभएको थियो। कार्यक्रममा नगर प्रमुख थापा, उपप्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत घिमिरे, वडा अध्यक्ष थापा, शिक्षा शाखा प्रमुख पुन तथा अन्य अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक विकासमा नयाँ भवनले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा रोल्पा नगरपालिका–१ ले खरिद गरेका विपद् व्यवस्थापन सामग्री टोल विकास समितिलाई, आमा समूह तथा स्वास्थ्य संस्थाहरूलाई कुर्सी, पञ्चेबाजा समूहलाई बाजा सामग्री, महिला स्वास्थ्य स्वयंसेविकालाई बाकस, झोला, छाता, टर्चलगायत विभिन्न सामग्री हस्तान्तरण गरिएको थियो ।।।

malashree

प्रतिक्रिया दिनुहोस्