Ad image

आर्थिक अभियानबाट चौतारीको संरक्षण

malashree
malashree १० श्रावण २०८३, आईतवार
3 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,
रोल्पा,१० साउन। चौतारी पैदल यात्रीको लागि विश्राम लिनेे ठाउँ हो । केही बर्ष पहिले बाटो हिड्ने बटुवा र भारी बोकेर हिड्ने भरियाका लागि थकाइ विश्राम गराउने थलोको रूपमा लिइन्थ्यो । तर पछिल्लो समय सडक सहर देखि गाउँ-गाउँमा पुगेपछि चौतारी लोपोन्मुख भएका छन् । केही बर्ष पहिले विभिन्न मृत्यु भएका व्यक्तिको सम्झना स्वरूप र पुन्ने प्राप्त हुन्छ भन्ने मान्यतालाई ध्यान दिएर चौतारी निर्माण भएका देखिन्थे । तर पछिल्लो समय भने उक्त कार्य कम भएको देखिन्छ । चौतारीलाई सार्वजनिक स्थलको रूपमा समेत लिइने गरिन्छ । पछिल्लो समय सडक विस्तार भएसँगै पहिले चौतारी भएको ठाउँमा अहिले विभिन्न नाम दिएर मानव विश्रामका लागि प्रतिक्षालय निर्माण भएका छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका-२ राङ्सी पोखरामा भने चौतारीलाई जीवित राख्न आर्थिक अभियान सञ्चालन गरेर चौतारीलाई संरक्षण गरेको पाइएको छ । करिब दुई महिना जतिको अवधिमा आर्थिक संकलन अभियान सञ्चालन गरेर चौतारीको संरक्षण र व्यवस्थापन गरिएको पोखरा बजार व्यवस्थापन समितिका अध्यक्ष चिज बहादुर विकले जानकारी दिए । विकको जानकारी अनुसार चौतारी संरक्षणका लागि स्वदेश तथा विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीले आर्थिक सहयोग गरेको बताए । “हामीलाई चौतारी संरक्षण आर्थिक अभियानमा २ लाख ८३ हजार ९ सय रुपियाँ जम्मा भएको र परिवर्तन गाउँपालिका-२ राङ्सी वडा कार्यालयको १ लाख गरी जम्मा ३ लाख ८३ हजार ९ सय रुपियाँ बराबरको लागतमा चौतारी संरक्षण भएको हो,”बजार व्यवस्थापन समितिका अध्यक्ष विकले भने । उक्त चौतारीलाई मेलबोट चौतारी भनेर पनि चिन्ने गरिन्छ ।

चौतारीको बीचमा ठूलो मेलको रुख रहेको छ । सशस्त्र १० बर्षे जनयुद्धको समयमा २०६० सालमा मर्मत भएको स्थानीयले बताएका छन । अहिले चौतारीको वरिपरि पक्की वाल,फलामको रेलिङ,चारैतिर घेरबार,भित्र गएर बस्न र फोटो खिच्नलाई अंग्रेजी अक्षरमा राङ्सी लेखिएको फलामको संरक्षण निर्माण गरिएको देखिन्छ भने मेलको बुटालाई आकर्षक बनाउन रङले कलर गरेको देखिन्छ । चौतारी व्यवस्थापन तथा संरक्षण अभियानमा परिवर्तन गाउँपालिका-२ राङ्सी पोखरामा पसल गर्दै आउनु भएका युवा व्यवसायी देव बहादुर वलीले सबैभन्दा बढी २७ हजार ७ सय ७७ रुपियाँ आर्थिक सहयोग गरेका छन् ।

- Advertisement -
Ad image

पुरानो संरचना जिवित रहोस् भन्ने उद्देश्यले आफूले आर्थिक सहयोग गरेको वलीले बताएका छन् । चौतारी संरक्षण र व्यवस्थापनले पर्यटनको रूपमा समेत विकास गर्न सकिने परिवर्तन गाउँपालिका-२ राङ्सी पोखरामा रहेको मेलबोट चौतारी उदाहरण बन्न पुगेको छ।

malashree

प्रतिक्रिया दिनुहोस्