Ad image

स्व.चुनाराको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

malashree
malashree ९ श्रावण २०८३, शनिबार
1 Min Read
Aa

मालश्री खबर, साउन ९ रोल्पा । नेपाली काङ्ग्रेस लुङ्ग्री–४ ले स्व. बेगम चुनाराको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। लुङ्ग्री गाउँपालिका–४ सालडाँडा निवासी चुनाराका परिवारलाइ  नगद रकम हस्तान्तरण गरेकाे हाे ।

आर्थिक अवस्था कमजोर भएका स्व. चुनाराको परिवारलाई राहत पुग्ने उद्देश्यले नेपाली काङ्ग्रेस लुङ्ग्री–४ का तर्फबाट रु. ३६,३११ नगद सहयोग प्रदान गरिएको छ। उहाँकाे गत असार १४ गते निधन भएकाे थियाे ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काङग्रेस लुङ्ग्री गाउँपालिकाका सभापति भिउसन गिरी, गाउँपालिका कार्यसमिति सदस्य गिरबहादुर जी.सी., वडा नं. ४ का सचिव प्रेम बानियाँ, जलजला बहुमुखी क्याम्पस रोल्पाका स्ववियु सचिव गणेश खड्का, नेपाल विद्यार्थी सङ्घका जिल्ला सदस्य पूर्णबहादुर विष्ट लगायत बेगम बानियाँ, भक्तबहादुर गिरी, दोरबहादुर जी.सी., मेघराज जी.सी. र तिलक खड्काको उपस्थिति रहेको थियो ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्