मालश्री खबर, साउन ८ रोल्पा । नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाले आकस्मिक अवस्थामा रक्तदान गरी बिरामीहरूको जीवन बचाउन योगदान पु¥याउँदै आएका विभिन्न रक्त समूहका नेतृत्वकर्ता तथा अन्य रक्तदाताहरूलाई आज आयोजित एक कार्यक्रममा खादा, अविर तथा प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको छ ।
कार्यक्रममा रोल्पा अस्पतालमा आवश्यकताअनुसार रगतको आपूर्ति कसरी सहज बनाउन सकिन्छ, आकस्मिक रक्तदानका लागि रक्तसञ्चार सेवा केन्द्रसम्म पुग्ने साधनविहीन रक्तदाताहरूको आवतजावत खर्च व्यवस्थापन कसरी गर्न सकिन्छ तथा रक्तदानप्रति जनचेतना कसरी फैलाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल भएको बताइएको छ ।
सहभागीहरूले रक्तदानलाई थप प्रभावकारी, व्यवस्थित र पहुँचयोग्य बनाउन आ–आफ्ना सुझाव तथा धारणा राखेका थिए। कार्यक्रमले रक्तदान अभियानलाई थप सशक्त बनाउँदै समाजमा मानवीय सेवाको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्