Ad image

रोल्पामा ग्याँस अभाव

malashree
malashree ८ श्रावण २०८३, शुक्रबार
3 Min Read
Aa

रोल्पा । रोल्पामा खाना पकाउने एलपी ग्याँसको अभाव भएपछि उपभोक्ता मारमा परेका छन् । जिल्लाका बजार क्षेत्रमा नियमित रुपमा ग्याँस उपलब्ध हुन नसक्दा उपभोक्ताले महंगो मूल्यमा ग्यास खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

ग्यासको आपूर्ति नियमित नहुँदा विशेषगरी सदरमुकाम लिबाङ, पूर्वी रोल्पाको सुलिचौर बजार सहित जिल्लाका अन्य बजार क्षेत्रमा समस्या देखिएको उपभोक्ताहरुले बताएका छन् । ग्याँस बिक्रेता कहाँ ग्यास आउने बित्तिकै सकिने गरेको र कतिपय उपभोक्ता खाली सिलिण्डर बोकेर फर्किनुपरेको उनीहरु बताउँछन् । ग्यास लिनका लागि धेरै दिन बिक्रेता कहाँ धाउँदा पनि सहज रुपमा ग्याँस पाउन सकिएको छैन, ग्यास आउने बित्तिकै खाली सिलिण्डर बोकेर फर्किने अवस्था आएको छ सदरमुकाम लिबाङ बजार स्थित उपभोक्ता रमित बुढामगरले भर्ने खाना पकाउन ग्यास आवश्यकता भएकाले नियमित र सहज रुपमा उपलब्ध हुने व्यवस्था गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’

खाना पकाउने ग्यासको नियमित आपूर्ती नहुँदा घरायसी कामसँगै होटल तथा व्यावसायलाई ठुलो समस्या भएको छ । खाना पकाउने ग्यास अभावका कारण होटल, रेष्टुरेन्ट तथा व्यावसाय सञ्चालन गर्ने व्यावसायी समेत प्रभावित भएका छन् । नियमित रुपमा ग्यास उपलब्ध नहुँदा काम प्रभावित हुनुका साथै व्यावसायको लागतसमेत बढेको व्यावसायीहरुको भनाई छ ।

जिल्ला स्थित ग्यास विक्रेताहरु विगत दुई महिनादेखि नै खाना पकाउने ग्यासको अभाव झेल्नु परिरहेको बताउछन् । खाना पकाउने ग्यास दुई महिनादेखि अभाव भएको पूर्वी रोल्पाको सुलिचौर बजार स्थित अम्बिका हार्डवेयरका सञ्चालन प्रकाश पौडेलले बताउँछन् र्। कम्पनीले ग्यास पठाउँछौ भन्छ तर आएको छैन्’ उनले भर्ने कहिलेकाहीँ आउँछ त्यो पनि गाडीबाट झार्दा वित्तिकै सकिन्छ ।’ केही समयसम्म आधा सिलिण्डर आउने गरेको तर केहीदिनदेखि त्यो पनि आउन छोडेको उनको भनाई छ । राप्ती र भेरीको ग्यास आउने गरेकोमा अहिले पाउन मुस्किल हुने गरेको उनले बताए । खाना पकाउने ग्यासको आपुर्ति नहुँदा होटेल व्यावसाय जस्ता व्यावसायहरु प्रभावित हुन पुगेको उनले बताए ।

- Advertisement -
Ad image

उपभोक्ताले ग्यासको आपूर्ती सहज बनाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् । जिल्लााम ग्यास अभाव हुनुको कारण पहिचान गरी नियमित आपूर्तीको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले ग्यास अभाव भएको खबर प्राप्त भएसँगै ग्यासको कम्पनीसँग सहजीकरणको काम भएको बताए । राप्ती ग्यास कम्पनीसँग कुरा गर्दा तत्कालै ग्यास पठाइदिने भन्ने कुरा भएको उनले बताए । जिल्लामा ग्यास आपुर्तीको विषयमा उद्योग वाणिज्य संघ सँगको समन्वयमा प्रयास भैरहेको उनको भनाई छ । बजारमा कालोबजारी भएको जानकारी आएको छैन’ उनले भर्ने पहिले हाम्रो आढा सिलिण्डर आउथ्यो आधा सिलिण्डरमा धेरै सिलिण्डर बजारमा रहे उता कम्पनीमा सिलिण्डरको कमी भएको कारणले फिलिङ नभएको भन्ने कुरा आएको छ ।’ ग्यास कम्पनीसँग कुरा गर्दा अब भरी सिलिण्डर पठाउने भन्ने कुरा भएको छ, उनले भने ।

malashree

प्रतिक्रिया दिनुहोस्