Ad image

परिवर्तन गाउँपालिकामा विद्यार्थी र अभिभावकले लगाए ताल्चा 

malashree
malashree ८ श्रावण २०८३, शुक्रबार
3 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,
मालश्री खबर, साउन ८ रोल्पा । रोल्पामा विद्यार्थी र अभिभावकले गाउँपालिकामा ताल्चा लगाएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका–५ पुतलाचौरमा रहेको त्रिवेणी माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकले शिक्षक सरुवा गरिएको भन्दै परिवर्तन गाउँपालिकाको कार्यालयमा शुक्रबार दिउँसो ताल्चा लगाएका हुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र घर्ती मगरको अध्यक्षतामा भएको विरुद्ध तथा ताल्चा लगाउने कार्यक्रममा विद्यार्थी र अभिभावकको उपस्थित रहेको थियोे । विद्यार्थी अभिभावकको माग पुरा गर,विद्यार्थीको पढाई सुनिश्चितता गर,शिक्षकको पुर्णबहाली गरूलगायतका पिलेकार्ड बोकेर गाउँपालिका परिषरमा प्रवेश गरेका थिए ।

विवाद के हो ?

त्रिवेणी आधारभूत विद्यालयमा विगत २०७६ साल देखि काजमा प्रधानाध्यापकको रूपमा कार्यरत शिक्षक कृष्णराम डाँगीलाई नेपाल राष्ट्रिय मावि परिवर्तन गाउँपालिका-५ मौलाबोटमा गाउँपालिकाले काज फिर्ता गरेपछि परिवर्तन गाउँपालिका र त्रिवेणी आधारभूत विद्यालय बीच विवाद चलेको हो । परिवर्तन गाउँपालिकाको गाउँकार्य पालिकाको बैठक २०८३ असार ७ गतेको निर्णय अनुसार शिक्षक डाँगी नेपाल राष्ट्रिय माविमा गएको बताए । मलाई २०८३ साउन १ गतेदेखि नेपाल राष्ट्रिय माविमा हाजिर हुन भनी गाउँपालिकाले पत्र पठाए अनुसार आफू तोकिएको विद्यालयमा हाजिर भएको छु, शिक्षक डाँगीले भने ।
त्रिवेणी आधारभूत विद्यालयलाई परिवर्तन गाउँपालिकाले २०८३ बैशाख ९ गते कक्षा- ९  सञ्चालन गर्न अनुमति दिएको थियोे ।

परिवर्तन गाउँपालिका के भन्छ?

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बालाराम वलीले दुईपटक पत्र काट्दा समेत बेवास्ता गरेको बताए । हामीले विद्यालयलाई दुईपटक पत्राचार गरियौं,उहाँहरुले आफ्नो माग राखेर बेवास्ता गर्नुभयो,शाखाका प्रमुख वलीले भने । विद्यालयले दुईवटा माविको दरबन्दी दिनुपर्ने माग अभिभावकको रहेको समेत परिवर्तन गाउँपालिकाले जनाएको छ। परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर बिरामी भएकोले काठमाडौ गएको र परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी, परिवर्तन गाउँपालिका प्रशासन शाखा प्रमुख ललित कुमार बुढा बिदामा रहेका छन् ।

गाउँपालिकामा परिवर्तन गाउँपालिका उपाध्यक्ष कलादेवी खत्रीनी र निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक घर्ती मगर भने गाउँपालिकामा रहेका छन् । कोणसभा कार्यक्रमलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र घर्ती,शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रबहादुर रोका,पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झक्कु प्रसाद घर्ति र अभिभावक लोकेन्द्र घर्ती लगायतले सम्बोधन गरेका थिए । सम्बोधन गर्ने सबैले आफूहरूको माग गाउँपालिकाले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । ताल्चा कहिले खुल्छ भन्ने केही अत्तोपत्तो छैन । ताल्चा लगाएको प्रति परिवर्तन गाउँपालिकाले कुनै प्रतिक्रिया जनाएको छैन ।

malashree

प्रतिक्रिया दिनुहोस्