मालश्री खबर, साउन ६ रोल्पा
नेपाली काङ्ग्रेस सुनिसस्मृति गाउँपालिका वडा नम्बर ३ मिझिङ रोल्पाले वृक्षारोपण कार्यक्रमको आयोजना गरेर महानायक बिपी कोइरालालाई सम्झीएको छ । नेपाली काङ्ग्रेस वडा नम्बर ३ का सभापति दिउविर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रोल्पाका उपसभापति कविता उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि उपाध्यायले बिपीको तस्विरमा मालाअर्पण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । औपचारिक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उपाध्यायले नेपाली काङ्ग्रेसले देशव्यापि रुपमा हरेक वर्ष बिपीलाई सम्झीदै आएको भएता पनि बिपीले देखाएको बाटोमा हिड्न बिर्सिएको बताउनु भयो । नेपाली काङ्गे्रसले बिपीको आस्था र सिद्धान्तलाई बिर्सिएकै कारण नेपाली काङ्ग्रेस सङकटको घडीमा गुज्री रहनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको उहाँको भनाई छ । पार्टीमा गुड उपगुड मौलाउदै जादा काङ्ग्रेस निष्ठाको राजनिति गर्न बिर्सिएको बताउदै नेपाली काङ्ग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ्नकोलागि सबैले हातेमालो गर्नु पर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा पार्टीका विभिन्न पद ओहदामा रहेका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । वृक्षारोवण कार्यक्रमसँगै औपचारिक कार्यक्रम पनि सम्पन्न भएको छ ।
साथै नेपाली काङ्ग्रेस सुनिलस्मृति गाउँपालिका ३ मिझिङ रोल्पाले हरेक वर्ष यसरी नै वृक्षारोपण कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा सहभागिहरुले सामुदायिक वनको उचित संरक्षण हुन नसक्दा हरेक वर्ष रोपिएका विरुवा वस्तुहरुले खाने गरेको भन्दै विरुवाहरुको संरक्षण तथा प्रवर्द्धनकालागि तार जालीको उचित व्यवस्था हुनु पर्ने र सरोकारवाला निकायको यस तर्फ ध्यानआकर्षण हुनुपर्नेमा जोड दिएका छन् ।







प्रतिक्रिया दिनुहोस्