मालश्री खबर, वैशाख १७ रोल्पा ।
पत्रकार सम्मेलन मार्फत “प्रगतिशील सङ्गीत उत्सव २०८३ ”का बारेमा जानकारी गराइएको छ । बिहिबार रोल्पा सदरमुकाम लिबाङमा पत्रकार सम्मेलनको आयोजना गरि यहि बैशाखको १९ र २० गते थबाङमा हुने “प्रगतिशील सङ्गीत उत्सव २०८३” का बारेमा जानकारी गराइएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र रोल्पा कला साहित्य पतिष्ठानको सह आयोजना र थबाङ गाँउपालिका रोल्पाको व्यवस्थापनमा “प्रगतिशील सङ्गीत उत्सव २०८३” हुन लागेको बताइएको छ ।
थबाङमा “प्रगतिशील सङ्गीत उत्सव २०८३” गर्नु मुख्य उदेश्य यस क्षेत्रमा लुकेर रहेको प्रगतिशील धारका सङ्गीत, कला, प्रतिभालाई उत्थानसँगै उजागर गर्ने रहेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले बताउनु भएको छ । यो उत्सवमा देशका करिब ४५ देखी ५० जना सम्म प्रगतिशील धारका कलाकार, सर्जक, श्रष्टाहरुको सहभागिता रहने बताइएको छ ।
कार्यक्रकको उद्धघाटन पुर्ब प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पचण्डले गर्नु हुने भएको छ । त्यस्तै कार्यक्रममा पुर्बमन्त्री एंव सांसद बर्षमान पुन लगाएत अन्य जन प्रतिनिधी, बिभिन्न राजनैतिक दल, बिभिन्न सरकारी गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, पत्रकार, सुरक्षाकर्मि, स्थानीय, बासीहरु लगाएको सहभागिता रहेन पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा प्रगतिको अध्यक्षतमा भएको पत्रकार सम्मेलनको सञ्चाल रोल्पा कला साहित्य प्रतिष्ठानका जिवन प्रवेश रोका मगरले गर्नु भएको थियो । पत्रकार सम्मेलन कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्