Ad image

सुनिलस्मृतिमा सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने

malashree
malashree १७ बैशाख २०८३, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, वैशाख १७ रोल्पा । सुनिलस्मृति गाउँपालिकाले सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय रोल्पाको निर्देशन बमोजिम अत्यावश्यक सेवाहरू बिदाकै दिनमा पनि सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

२०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित विशेष व्यवस्था अनुसार २०८३ वैशाख १ गतेदेखि चैत मसान्तसम्म विभिन्न सार्वजनिक विदाका दिनमा पनि गाउँपालिकाबाट हुने सम्पूर्ण सेवाहरु प्रदान गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यस निर्णयले सेवाग्राहीलाई सहज र निरन्तर सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

malashree

प्रतिक्रिया दिनुहोस्