Ad image

रोल्पामा १३३ जनाको मोतिबिन्दुको शल्यक्रिया

malashree
malashree १७ बैशाख २०८३, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, वैशाख १७ रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजना, नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरी र रुन्टिगढी गाउँपालिका होलेरी समन्वय तथा द फ्रेड हलोज फाउन्डेसन अस्ट्रेलियाको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

गएको चैत्र २७ गते देखि वैशाख ९ गते सम्म रुन्टीगढी गाउँपालिकाको सम्पूर्ण वडा र त्रिवेणी गाउँपालिकाको वडा नं २ स्वास्थ्य चौकी नुवागाउँमा भएको शिविरबाट १२७ जना मोतिबिन्दु र ४ जना मासु पलाएको बिरामी छनौट भएका थिए ।

उक्त छनौट भएका बिरामीहरू मध्येबाट १३३ जनाको मोतिबिन्दु र ३ जनाको मासु पलाएको बिरामीको यही वैशाख ११ र १२ गते होलेरीमा निःशुल्क शल्यक्रिया गरिएको सामुदायिक आँखा केन्द्र रोल्पाले जनाएको छ ।

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्