Ad image

Month: ३ माघ २०८२, शुक्रबार

रोल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ मालश्री खबर, पौष २८ रोल्पा । रोल्पामा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ। यहि पौष २५ राति करिब ११ बजेको समयमा रोल्पा नगरपालिका वडा –४ लिवाङस्थित बासघारी नजिकै लिवाङ–धवाङ जाने भित्री सडक खण्डमा गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको कमाण्डमा खटिएको ५ जनाको टोलीले रोल्पा नगरपालिका–१० पेवा बस्ने अन्दाजी २७ वर्षका हिरा रोका मगरलाई पैदल हिँडिरहेको अवस्थामा शंका लागी जाँच गर्दा निजले बोकेको कालो झोलाभित्र रहेको कालो लेदरको ज्याकेटमा लुकाइ राखिएको लागुऔषध बरामद गरेको हो। प्रहरीले कालो चरेस जस्तो देखिने अन्दाजी ४१०।८९ ग्राम कालो पदार्थ तथा गाँजाको धुलो जस्तो देखिने अन्दाजी २४।६८ ग्राम ९चार प्याकेट० खैरो धुलो बरामद गरी हिरा रोका मगरलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान कार्य जिल्ला प्रहरी कार्यालय रोल्पाबाट भइरहेको छ।

मालश्री खवर :: मालश्री खवर २८ पुष २०८२, सोमबार