Ad image

जैमाकसला र फगाममा पहिलोपटक नाचियो भुमे नाच

malashree
malashree १३ असार २०८२, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, असार १३ रोल्पा ।

मगर समुदायको मौलिक पर्व भुमेको संरक्षण र प्रवर्द्धनका लागि सुनछहरी गाउँपालिका–५ जैमाकसलामा गतवर्ष र ६ नं वडा फगाममा यस वर्षदेखि पहिलोपटक औंसीको दिनदेखि २ दिन सम्म भुमे नाच भव्यरुपले सम्पन्न भएको छ।

दुईवटै वडामा परम्परादेखि भुमेको पुजापाठ मात्र गरिदै आएकोमा जैमाकसलामा गतवर्षदेखि र फगाममा यस वर्षदेखि धुमधामका साथ भुमे नाच आयोजना गरिएको हो ।

जैमाकसलाका वडा अध्यक्ष देविलाल रोकाका अनुसार जैमाकसलामा सबै टोलबस्तिहरुमा भुमेको उपासना गर्नुको साथै भुमे पुज्ने गरिन्छ तर गत वर्षदेखि कसलाको भुमेथाला स्थानीय अगुवा समाजसेवी संस्कृतिप्रेमीहरुको अगुवाइमा भुमे नाच सुरु गरिएको हो।त्यस्तै फगाममा वडा कार्यालयको आर्थिक सहयोगमा भुमेनाच सिकेर पुस्तान्तर गर्दै संस्कार संस्कृतिलाई बचाउन पहल भैरहेको वडा अध्यक्ष अमरजित पुनले बताउनुभयो ।

- Advertisement -
Ad image

उहाँले भन्नुभएको “हामीले परापुर्वकालदेखी भुमेपुजा आजा गर्ने गर्दथियौ तर यस वर्षदेखि औपचारिकरुपमा भुमे नाच्न सुरु गरेका छौं । पहिलो वर्षमै अत्यन्तै उत्साहका साथ भुमेमा नाचगान गर्न आउनेको संख्या उत्साहजनक रुपमा रहेको छ।” साथै भुमे नाचलाई निरन्तरता दिदै जाने अध्यक्ष पुनको भनाइ रहेको छ।

यो पर्व मगर समुदायको प्रकृति–पुजासँग जोडिएको सांस्कृतिक परम्परा हो, जसमा भूमिलाई देवताको रूपमा पूजा गरिन्छ र वर्षा, बालीको उत्पादन तथा प्राकृतिक सन्तुलनको कामना गरिन्छ ।

यस अवसरमा स्थानीय बासिन्दाहरू, विशेषगरी युवाहरू, परम्परागत मगर पोशाकमा सजिएर दमाहा, सनाई र झ्यालीको तालमा भुमे गीत गाउँदै भुमे नाचिन्छ । जैमाकसला र फगाममा यसरी पहिलोपटक औपचारिक रूपमा भुमे नाच आयोजना हुनु, परम्परागत चाडको पुनर्जीवन र नयाँ पुस्तामा यसको महत्व स्थापित गर्ने दिशामा एक महत्वपूर्ण पाइला मानिएको छ।

यसले मगर समुदायको सांस्कृतिक पहिचानलाई पुनः उजागर गर्दै जैमाकसला र फगामलाई सांस्कृतिक पर्यटनको सम्भावित गन्तव्यका रूपमा चिनाउने अपेक्षा गरिएको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्