Ad image

मृगौला पीडित वीरबहादुर घर्तीमगरलाई सहयोग

malashree
malashree १० असार २०८२, मंगलवार
1 Min Read
Aa

रोल्पा । गगांदेव गाउँपालिका ७ का मृगौला रोगी वीरबहादुर घर्तीमगरलाई उपचार गर्न आर्थिक सहयोग हस्तातरण गरिएको छ ।

सुनिलस्मृति गाउँपालिका ४ का अभियन्ता मनिष विष्टको अगुवाईमा सञ्चालन गरिएको अभियान मार्फत सङ्कलन गरिएको १ लाख ५५ हजार ६ सय बढी रकम सोमबार वीरबहादुरको परिवारलाई हस्तातरण गरिएको हो ।

केही महिना देखि दुवै मृगौलाले काम नगरेपछि वीरबहादुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र सानोठिमी भक्तपुरमा उपचार भैइरहेको छ । अभियन्ता विष्टको अगुवाईमा सङ्कलित रकम सुलिचौरमा एक कार्यक्रमको आयोजना गरी अम्मीसरा स्मृति हेल्प फाउण्डेसन मार्फत मृगौला रोगीका भाइ मिलन घर्तीमगरलाई हस्तातरण गरिएको सामाजिक अभियान्ता बिष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका वीरबहादुरको उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको याचना समेत गरेको छ ।

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्