मालश्री खबर, वैशाख १६ रोल्पा ।
तेस्रो राष्ट्रिय लेखक दिवस रोल्पामा पनि एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । नेपाली लेखक संघ रोल्पाको आयोजनामा लोकतन्त्रमा सबलिकरणमा लेखकको भूमिका र हाम्रो व्यवहार विषयक विचार विमर्श कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।

नेपाली संघ रोल्पाका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्य रहनु भएको थियो भने सो कार्यक्रमको बिशिष्ट अतिथिमा पुर्ब सांसद तथा नेपाली कांग्रेस रोल्पाका नेता लेखनाथ आचार्य रहनु भएको थियो ।
कार्यक्रम नेकपा माओबादी केन्द्र रोल्पाका जिल्ला इन्चार्ज राज बहादुर बुढामगर, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य टिकाराम नेपाली उक्त कार्यक्रम केन्द्रित बिषयका प्रमुख बक्ता नेपाल पत्रकार महासंघ रोल्पाका पुर्ब अध्यक्ष खेम बहादुर बुढामगर र जलजला बहुमुखि क्याम्पस लिबाङ रोल्पाका उप—प्रध्यापक कमल खड्का लगाएत आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले लोकतन्त्रलाई बचाउनको लागी सबै लोकतन्त्रको पक्षमा रहेर एक भएर लाग्नु पर्ने बताएका छन् । अरुलाई रुपान्तरण गर्न खोज्नु भन्दा पनि आफु इमान्दार भएर लोकतन्त्रको पक्षमा रुपान्तरण हुन सकेमा लोकतन्त्रको रक्षा हुने समेत बताएको छन् ।
सो कार्यक्रमा रोल्पा जिल्लामा क्रियाशिल बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, साहित्कार, पत्रकार, बिभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी लगाएतको आतिथ्यता एंव सहभागिता रहेको थियो ।
नेपाली लेखक संघ रोल्पाका कोषाध्यक्ष कल्पना शर्माको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाली लेखक संघ रोल्पाका सचिव रेखा नेपालीले गर्नु भएको थियो ।





प्रतिक्रिया दिनुहोस्