Ad image

राङ्सीमा सम्पन्न स्वास्थ्य शिविरमा २ हजार ५ सय बढीले लिए सेवा

malashree
malashree १६ बैशाख २०८२, मंगलवार
6 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर

१६ बैशाख रोल्पा । परिवर्तन गाउँपालिका-२ राङ्सीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार देखि सुरु भएको नि:शुल्क स्वास्थ्य शिविर मंगलबार आज सम्पन्न भएको हो । परिवर्तन गाउँपालिकाको समन्वय, परिवर्तन गाउँपालिका-२ राङ्सी वडा कार्यालय र जनसेवा नमूना मावि राङ्सीको व्यवस्थापक तथा कादुरी एग्रीकल्चरल एड एसोशिएसन ब्रीटिस गोर्खाज नेपाल कास्की-१६ पोखराको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर राखिएको हो शिविर जनसेवा नमूना माविको प्राङ्गण परिवर्तन गाउँपालिका-२ राङ्सीमा चार दिन सम्म आयोजना गरिएको थियोे ।

नि:शुल्क स्वास्थ्य शिविरको पहिलो दिन शनिबारमा ५ सय ९ जनाले सेवा लिएका थिए । जसमा पुरुष १ सय ७२ र महिला ३ सय ३७ जनाले सेवा लिएका थिए। दोस्रो दिन आइतबारमा जम्मा ६ सय २९ जनाले सेवा लिएका थिए ।जसमा पुरुष १ सय ७२ जना र महिला ४ सय ५७ जना रहेका थिए । तेस्रो दिन सोमबार ७ सय ७१ जनाले सेवा लिएका थिए । जसमा पुरुष २ सय ७३ जना र महिला ४ सय ६८ जना रहेका थिए भने ८ जनाको आँखाको अपरेशन गरिएको थियोे । चौथो दिन मंगलबार ६ सय ३८ जनाले सेवा लिएका छन् भने पुरुष १ सय ८३ जना र महिला ४ सय ५५ जनाले सेवा लिएको कादुरी एग्रिकल्चरल एण्ड एसोशिएसन पोखराका वरिष्ठ कलक हम बहादुर रानाले जानकारी दिए। चार दिनको शिविर अवधीमा करिब २ हजार ५ सय सय १७ जनाले सेवा लिएको आयोजकले जानकारी दिएको छ । शिविरमा स्त्री रोग सम्बन्धि जाँच तथा उपचार,आँखा जाँच तथा मोतीबिन्दु शल्यक्रिया,दाँतको उपचार तथा आवश्यकता अनुसार दाँत उखालिदिने,अन्य स्वास्थ्य जाँच तथा उपचार,आवश्यक अनुसार रगत, दिशा, पिसाबको परिक्षण,आवश्यक अनुसार मुटुको ई. सी. जी. तथा भिडियो एक्स-रे परिक्षण,चिकित्सकको सल्लाह बमोजिम निःशुल्क औषधी वितरण,कादुरी द्वारा संञ्चालित बिभिन्न निःशुल्क सीपमुलक तालिमको परामर्श तथा छनौट रहेका थिए । कादुरी द्वारा संञ्चालित बिभिन्न निःशुल्क सीपमुलक तालिमको परामर्श तथा छनौट समेत भएको बताइएको छ ।

सोचेको भन्दा राम्रो भएको आयोजकको प्रतिक्रिया आयोजक÷

- Advertisement -
Ad image

नि:शुल्क शिविर सोचेको भन्दा राम्रो भएको कादुरी एग्रिकल्चरल एड एसोशिएसन पोखराका कार्यक्रम डाइरेक्टर क्याप्टेन राजन राईले प्रक्रिया दिए।राईले भने”हामीले सन्तोषजनक पायौं,सोचेको भन्दा पनि राम्रो पायौं,यहाँका आम नागरिकहरु अनुशासित र ईमानदार भएको देख्दा र स्थानीय सरकार,जनप्रतिनिधि र समाजसेवी सबैको भुमिका राम्रो देखियो हामीले पनि चाहेको यहीँ हो”-उनले भने । फेरि थप्दै राईले भनका थिए”जुन उद्देश्य लिएर हामी आएका थियोे,त्यो उद्देश्य पुरा भयो,यहाँका आम नागरिक सेवा लिन आइदिनुभयो र अन्य जिल्ला भन्दा रोल्पा जिल्लामा नसोचेको उपस्थिति रह्यो हामीले पनि चाहेको यहीँ हो”-उनले भने । आगामी दिनमा पनि रोल्पामा शिविर हुन्छ?भन्ने प्रश्नमा राईले प्रतिक्रिया दिदै भनेका थिए”यहीँ किसिमको शिविर लिएर तत्कालै आउन नसकिन्ने अवस्था रहछन तर हामी पूर्व देखि सुदुरपश्चिम सम्म पुग्ने भएकोले केही बर्षमा हुन सक्छ र हामी अन्य कार्यक्रम तथा विकास निर्माणका कार्यहरू लिएर रोल्पामा निरन्तर आउनेमा दुईमत छैन, हामी आउछौं”-उनले भने।

शिविर सफल भएको व्यवस्थापकको प्रतिक्रिया÷

नि:शुल्क स्वास्थ्य शिविर सफल भएको पहलकर्ता,समाजसेवी,निवेदक तथा जनसेवा नमूना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिज बहादुर विकले प्रतिक्रिया दिए।विकले भने”हामीले सञ्चालन गरेको शिविरमा सोचेभन्दा बढी संख्या सेवा लिन आएको र हामी सफल भएका छौँ”-उनले भने । फेरि थप्दै भने”हामीले अपेक्षा गरेअनुसार पश्चिम रोल्पाको विभिन्न दुर दराजका गाउँ बस्तीबाट स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका आम नागरिक सेवा लिन अनपेक्षित रूपमा आउनुभयो,हामी सफल भएको महशुस म लगायत हामी सबैले गरेका छौँ-विकले भने । “शिविरमा राम्रो सँग आँखा नदेख्ने आमा बुबाहरु आउनु भएको थियोे र शिविरमा सेवा लिएर आँखा देख्ने गरी जानुभयो,कादुरी एग्रिकल्चरल एड एसोशिएसन पोखराका कार्यक्रम डाइरेक्टर क्याप्टेन राजन राई लगायतको डाक्टर टोली र म खुसीले आँशु झारियो”-विकले शिविरमा भएको कामलाई सम्झिए । शिविरमा धेरै सेवा ग्राही भएकाले केही सेवा नलिएर फर्किए होलान्?भन्ने प्रश्नमा विकले जवाफ दिदै भने”मलाई लाग्छ शिविरमा कोही पनि सेवा नलिएर फर्कनु भएन जस्तो लाग्छ,करिब ९९ प्रतिशतले सेवा लिएर जानुभयो र जो लाइनमा नबसेर गयो होला?उनीहरूले सेवा नलिए पनि जानसक्ने कुरा रह्यो र जो अन्तिम सम्म लाइनमा बस्नुभयो उहाँहरुले सेवा लिएर मात्र फर्कनु भयो”-उनले भने । “आयोजकले राम्रो भएको प्रतिक्रिया दिएकोले व्यवस्थापक पक्षलाई खोट लगाउने ठाउँ नभएको जिकिर गर्दै लामो प्रयास,संघर्ष,योगदान र सबैको सहयोगले रोल्पा जस्तो ठाउँमा पहिलोपटक नि:शुल्क स्वास्थ्य शिविर ल्याउन म लगायत हामी सफल भयौं-उनले भने ।

शिविरमा पुरुष भन्दा महिला सहभागिता बढी÷

नि:शुल्क स्वास्थ्य शिविरमा पुरुष भन्दा महिला सहभागिता धेरै देखिएको छ । शिविरको चार दिनको अवधिमा हेर्न हो भने महिला सहभागिता बढी रहेको देखाउछ । जसमा पुरुष ८ सय जना रहेका छन् अर्थात ८ प्रतिशत रहेको छ । महिला १ हजार ७ सय १७ जना रहेका छन् अर्थात १७.१७ प्रतिशत रहेको छ ।

पश्चिम रोल्पामा मात्र नभई रोल्पा जिल्लामा यसकिसिम शिविर आयोजना गर्ने देखिन्छ । रोल्पा जिल्ला पहाडी र दुर्गम बस्ती भएकाले विभिन्न गाउँ ठाउँमा छरिएर रहेका आम नागरिक जो गरिबीका कारण,आर्थिक रुपले विपन्न परिवार,विभिन्न कारणले स्वास्थ्य क्षेत्रको पहुँचसम्म जान नसकेका र विभिन्न रोगबाट ग्रसित आम नागरिकलाई मध्ये नजर गर्दै कादुरी एग्रिकल्चरल एण्ड एसोशिएसन पोखराले कार्यक्रम गर्ने देखिन्छ । कार्यक्रमले आम नागरिकको स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने देखिन्छ।

malashree

प्रतिक्रिया दिनुहोस्