मालश्री खबर, वैशाख १६ रोल्पा ।
रुन्टिगढी गाउँपालिकाले वर्षे फलफूलको विरुवा माग गर्न कृषकहरुमा सूचित गरेको छ ।
गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कागती, सुन्तला र अनारका विरुवा प्रदान गर्न लागेको छ ।
गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ईच्छुक कृषक, कृषि समूह सहकारी तथा कृषि फार्महरुले १५ दिनमा प्रस्ताव पेश गर्न सूचना मार्फत सूचित गरिएको छ ।
९ वटै वडाका कृषकले प्रस्ताव पेश गर्नसकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत सानुबाबु खड्काद्वारा हस्ताक्षर सूचनामा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्