सुर्य प्रकाश बुढा मगर,
मालश्री खबर, १५ बैशाख रोल्पा । परिवर्तन गाउँपालिका-२ राङ्सीमा नि:शुल्क स्वास्थ्य शिविर जारी रहेको छ। शनिबार देखि सुरु भएको नि:शुल्क स्वास्थ्य शिविर मंगलबार सम्म जारी रहने छ ।
परिवर्तन गाउँपालिका पुतलाचौरको समन्वय,परिवर्तन गाउँपालिका-२ राङ्सी वडा कार्यालय र जनसेवा नमूना मावि राङ्सीको व्यवस्थापक तथा कादुरी एग्रीकल्चरल एड एसोशिएसन ब्रीटिस गोर्खाज नेपाल कास्की-१६ पोखराको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर राखिएको हो शिविर जनसेवा नमूना माविको प्राङ्गण परिवर्तन गाउँपालिका-२ राङ्सीमा तेस्रो दिन पनि जारी रहेको छ ।
नि:शुल्क स्वास्थ्य शिविरको पहिलो दिन शनिबारमा ५ सय ९ जनाले सेवा लिएका छन् । पुरुष १ सय ७२ र महिला ३ सय ३७ जनाले सेवा लिएका छन्। दोस्रो दिन आइतबारमा जम्मा ६ सय २९ जनाले सेवा लिएका छन्। पुरुष १ सय ७२ जना र महिला ४ सय ५७ जना रहेका छन् ।
तेस्रो दिन सोमबार ७ सय ७१ जनाले सेवा लिएका छन् । पुरुष २ सय ७३ जना र महिला ४ सय ६८ जना रहेका छन् भने ८ जनाको आँखाको अपरेशन गरिएको शिविर पहलकर्ता,समाजसेवी,निवेदक तथा जनसेवा नमूना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिज बहादुर विकले जानकारी दिनु भएको छ ।
तीन दिनमा करिब १ हजार ८ सय सय ७९ जनाले सेवा लिएको कादुरी एग्रिकल्चरल एण्ड एसोशिएसन पोखराका वरिष्ठ कलक हम बहादुर रानाले जानकारी दिए। शिविरको अन्तिम दिन मंगलबार पनि बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म शिविर जारी रह्ने आयोजकले बताएको छ ।





प्रतिक्रिया दिनुहोस्