Ad image

हावाहुरीले उडाएको विद्यालय मर्मत गर्दै सुनिलस्मृति गाउँपालिका

malashree
malashree ३ बैशाख २०८२, बुधबार
1 Min Read
Aa

मालश्री खबर, ३ बैशाख रोल्पा ।

हावाहुरीले उडाएको विद्यालय सुनिलस्मृति गाउँपालिकाले मर्मत गर्दै आएको छ । २९ चैत्र २०८१ को राती चलेको हावाहुरीले सुनिलस्मृति गाउँपालिका वडा नं. ६ स्थीत जन कल्याण आधारभूत विद्यालय पानीपोखरा र वडा नं. ४ काधधारामा रहेको प्रहरी विट हावाले उडाइ क्षति पुर्‍याएको हो।

विद्यालय र प्रहरी विट तत्काल मर्मत कार्यहुने गरी प्रकृया अगाडि बढाइएको सुनिलस्मृति गाउँपालिका अध्यक्षको सचिवालयले जानकारी दिएको छ । दुबै संरचनाको प्राविधिक लागत स्टिमेट तयार भैसकेको र मर्मत कार्य अगाडि बढाउन समेत जानकारी गराईएको सुनिलस्मृति गाउँपालिकाले बताएको छ ।

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्