Ad image

दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला

malashree
malashree १६ फाल्गुन २०८१, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, फागुन १६ रोल्पा ।

दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत एक जना कामदार मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका –३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर छन् ।

हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका बजिन्द्र १४ फागुनदेखि सम्पर्कविहीन थिए ।

खोजतलास गर्दै जाने क्रममा उनको शव बिहीबार साँझ सवा ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनको शव बिगु गाउँपालिका, लामाबगरबाट देउराली जाने बाटोको भीरमा फेला परेको प्रहरीको भनाइ छ ।

- Advertisement -
Ad image

उनको शव बाटोभन्दा करिब २ सय मिटर तल भीरमा फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट लगिएको प्रहरीले जनाएको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्