मालश्री खबर, १९ माघ रोल्पा । माडी गाउँपालिका अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०८१ सम्पन्न भएको छ । शनिबार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको आयोजकले जानकारी दिएको हो । गाउँपालिका नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वबधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा माडी गाउँपालिकाको व्यवस्थापन तथा माडी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा १६ माघ बुधबार माडी गाउँपालिका-२ कृष्ण मावि घर्तीगाउँको प्राङ्गणमा सुरु भएको थियो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश गरिएका खेलहरुको विवरण अन्तर्गत दफा ९ को उपदफा ४,दफा १२ को उपदफा ४ र दफा १४ को उपदफा ४ सँग सम्बन्धित खेलहरु एथलेटिक्स,भलिबल,कबड्डी,तेक्वान्दो,कराते र उसु प्रतियोगिता आयोजना गरिएको थियोे ।
कुल ६६ स्वर्ण पदकमा भएको रनिङ शिल्डमा ३४ स्वर्ण पदक प्राप्त गर्दै कृष्ण माध्यमिक बिद्यालय माडी-२ घर्तिगाउँले शिल्ड जितेको छ । कुल १९ स्वर्ण पदक जित्दै नेपाल राष्ट्रिय मावि तालावाङ उप-बिजेतामा सिमित भएको छ । नेपाल राष्ट्रिय मावि आरुवा ७ स्वर्ण सहित तेस्रो भएको छ । सरस्वती मावि बल्ले ५ स्वर्ण सहित सान्त्वना भएको छ ।
सिद्ध कैलाश मावि कोर्चावाङ १ स्वर्णमा सिमित भएको छ भने वागेश्वरी मावि पाछावाङ र भावाङचौर स्वर्ण बिहिन भएका छन । कृष्ण मावि जवाङ हालसालै ९ कक्षा संचालन भएपनि सहभागीता जनाउन असमर्थक रहेको बताइएको छ । कृष्ण मावि माडी २ घर्तिगाउँले लगातार ३ पटक शिल्ड जित्दै सधैको लागि शिल्ड आफ्नो बिद्यालयमा राख्न पाउने भएको छ ।





प्रतिक्रिया दिनुहोस्