मालश्री खबर, माघ १६ रोल्पा ।
एच.पि.भी र एच.आई.भि भाइरस फरक–फरक भाइरस हुन् । दुवै भाइरसहरु यौनसम्पर्कबाट सर्ने गर्दछन् । तर स्वास्थ्यमा यी दुवै भाइरसका असर फरक–फरक हुन्छन् ।
एच.आई.भि संक्रमितले एच.पि.भी खोप लिन हुन्छ ?
एच.आई.भि संक्रमितले एच.पि.भी को खोप लगाउन झन् जरुरी हुन्छ । किनभने एच.पि.भीसँग सम्बन्धित क्यान्सरहरुको जोखिम बढी हुन्छ ।
एच.पि.भी भन्नाले ?
एच.पि.भी भाइरसलाई ह्युमन प्यापिलोमा भाइरस भनिन्छ । यो भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक मानिन्छ ।
महिलाको पाठेघरको मुखमा हुने क्यान्सलाई पाठेघरकोको मुखको क्यान्सर भनिन्छ । यो रोगलाई सर्भाइकल क्यान्सर पनि भनिन्छ ।
यो क्यान्सर प्राय एच.पि.भी। भाइरसको संक्रमणबाट हुने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट ४ जना महिलाहरुको मृत्यु हुने अनुमान छ । तीमध्ये महिलाको मृत्यु हुनेको पहिलो कारण यो भाइसर देखिएको छ भने, क्यान्सरहरु मध्य पाठेघरको मुखको क्यान्सर दोस्रो कारण देखिन्छ ।
एच.पि.भी कसरी सर्दछ ?
एच.पि.भी भाइरस यौन सम्पर्कबाट फैलने संक्रमण रहेको छ । यो भाइरस अधिकांश कुनै पनि लक्षण नदेखिने हुन्छ । प्रायः सबै यौनजन्य क्रियाकलापमा सक्रिय व्यक्तिहरु कुनै न कुनै समयमा यो भाइरसबाट संक्रमित हुने पाइएको देखिन्छ ।
यसका लक्षण र चिन्हहरु ?
यो भाइरसको संक्रमण पटक–पटक भएर २० वर्षसम्म रहीर¥योे भने पाठेघरको मुखको क्यान्सर हुन सक्दछ । तर एच.पि.भी संक्रमणको शुरुको अवस्थामा कुनै लक्षण वा चिन्हहरु देखिदैनन् ।
पाठेघरको मुखको कयन्सर भएमा यौन सम्पर्क पछि रगत आउने, तल्लो पेट दुख्ने, योनीबाटछ गन्हाउने पानी बग्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्नेल रक्तअल्पता हुने, कमजोर महसुस हुने जस्ता यस्ताका लक्षण र चिन्हहरु रहेका छन् ।
यसबाट कसरी सुरक्षित बन्न सकिन्छ ?
एच.पि.भी खोपले संक्रमणबाट हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँछ । यो खोप विद्यालय जाने छात्राहरु कक्षा ६ देखि १० सम्म र विद्यालय नजाने छात्राहरु १० वर्ष देखि १४ वर्ष उमेरसम्मका किशोरीहरुले लगाउनुपर्दछ । पाठेघरको मुखको क्यान्सर जाँच गराउदा सुरुकै अवस्थामा नै भयो भने उपचार गरेर निको हुन सक्छ ।
पहिचान कसरी गर्ने त ?
पाठेघरको मुखको क्यान्सरको परीक्षण गरी यो रोग पहिचान गर्न सकिन्छ । जस्तै हरेक महिलाले पाठेघरको मुखको परिक्षण भि.आइ.ए र एच.पि.भी, डी.एन.ए विधिबाट गर्न सकिन्छ ।
एच.पि.भी खोप कुन उमेरकाले लगाउने ?
किशोरावस्थामा लगाएमा बढी प्रभावकारी मानिन्छ । यो खोपको लागि प्रारम्भिक किशोरावस्था भन्नाले १० देखि १४ वर्षको उमेर रहेको छ ।
खोप लगाउन कहाँ जानु पर्दछ ?
यो वर्ष अभियानको रुपमा नेपालभरी नै एच.पि.भी खोप लगाइदैछ । अभियानमा यो खोप कक्षा ६ देखि १० सम्म अध्ययन–अध्यापन हुने विद्यालयबाट प्रदान गरिनेछ । साथै विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुले पनि अभियान सञ्चालनको समयमा नजिकैको विद्यालयमा गएर खोप लगाउनु पर्दछ ।
खोप कति मात्रा लगाउने ?
एच.पि.भि खोप एक मात्रा लगाए हुन्छ । यस खोप शतप्रतिशत नै प्रभावकारी हुने डाक्टरहरु बताउछन् ।
एच.पि.भी खोप अभियान देशैभर माघ २२ गते देखि फागुन ६ गतेसम्म सञ्चालन गरिन लागिएको छ भने, रोल्पा जिल्लामा माघ २२ देखि २८ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस्