Ad image

रून्टीगढीमा निःशुल्क स्वास्थ्य शिविरबाट ६७७ जनाले सेवा लिए

malashree
malashree १४ माघ २०८१, सोमबार
1 Min Read
Aa

मालश्री खबर, माघ १४ रोल्पा ।

रोल्पाको रून्टीगढी गाउँपालिकामा निःशुल्क स्वास्थ्य परिक्षण शिविरको पहिलो चरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ८ को मेलटाकुरा बाट सुरू भएको शिविर पालिकाका सबै वडा कार्यालयमा गरिएको थियो । एक कार्यक्रमका बीच वडा नम्बर ७ को कार्यालय बान्द्रेबाट उक्त कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ । जेष्ठ नागरिक, अति अशक्त अपाङ्ग लक्षित गरेर गाउँपालिकाले शिविर सञ्चालन गरेको थियो ।

गाउँपालिकाले माघ ५ गते ८ नम्बर वडा, ६ गते २ नम्बर वडा, ७ गते ३ नम्बर वडा, ८ गते ४ नम्बर वडा, ९ गते १ नम्बर वडा गरिएको थियो । यस्तै ११ गते ९ नम्बर वडा, १२ गत ५ नम्बर वडा र १३ गते ७ नम्बर वडामा १३ गरिएको गाउँपालिका प्रेस संयोजक कमल खड्काले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

शिविरबाट वडा नम्बर १ मा १ सय जना, २ मा ५८ जना, ३ मा ७६ जना, ४ मा ८८ जना, ५ मा ७५ जना, ६ मा १ सय २०, ७ मा ४० जना, ८ मा ७३ जना, ९ मा ४७ जना गरि महिला ४ सय ४६ र पुरुष २ सय ३१ जना गरेर जम्मा ६ सय ७७ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।।

malashree

प्रतिक्रिया दिनुहोस्