मालश्री खबर, मंसिर ४ रोल्पा ।
गायिका तथा मोडल ज्योति मगर रोल्पा आउन लाग्नुभएको छ ।
चाहाना कला केन्द्रको आयोजनामा सञ्चालन भईरहेको डान्स तथा सिङ्गिङ प्रतियोगिताको लागि उहाँ रोल्पा आउन लाग्नुभएको हो ।
‘खोजी हाम्रो, प्रतिभा तपाईको’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको छ । गाउँ–ठाउँमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्यका साथ प्रतियोगिता सञ्चालनमा ल्याएको चाहाना कला केन्द्रका अध्यक्ष टेकेन्द्र सेनले बताउनुभयो ।
प्रतियोगितालाई तीन चरणमा विभाजन गरिएको थियो । जस अन्तर्गत पहिलो, दोस्रो र तेस्रो चरणको कार्यक्रम सम्पन्न भईसकेको छ भने, चौथो चरणको प्रतियोगिता मंसिर ८ गते लिबाङको टुडिखेलमा सञ्चालन गरिदैछ ।
प्रतियोगिताका विजेताले नगद पुरस्कारका साथ नृत्यबाट म्युजिक भिडियोमा खेल्ने र गायन क्षेत्रबाट अडियो गीत गाउने अवसर पाउँने छन् ।






प्रतिक्रिया दिनुहोस्