रोल्पा, ०६ कार्तिक। नजिकिदै गरेको तिहार र छठ पर्वलाई लक्षित गरेर सुनिलस्मृति गाउँपालिकामा तिन पालिकाको बिचमा विभिन्न विषयमा छलफल चलेको छ।
पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका र सुनछहरी गाउँपालिकाका अध्यक्षहरुको उपस्थिति साथै सरोकारवालाहरुको सहभागितामा छलफल चलेको थियो।
छलफलबाट विशेषगरी तिहार र छठ पर्वलाई सव्य र भव्य रुपमा सम्पन्न गर्नका लागि केहि निर्णयहरु समेत भएका छन् । तिहारको समयमा देउसी भैलो साँझ १० बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरिएको छ । चार्डपर्वको समयमा बढी अपराधिक घटनाहरु घट्न सक्ने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ । होटल व्यवसायीहरुलाई पनि साँझ १० बजेसम्म मात्रा व्यवसाय सञ्चालन गर्न सुझाब दिएको छ ।
त्यस्तै चार्डपर्वमा प्लाष्टिक जन्य मालाको प्रयोगमा समेत प्रतिबन्द लगाइएको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारि दिनुभयो। गाउँमै उत्पादन गरिएका मालाको प्रयोग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो।
तिन पालिकाको बिचमा भएको छलफलमा तिन पालिका भित्र चल्ने अटो रिक्साहरुलाई मंसिर मसान्त भित्र आ-आफ्नो पालिकामा दर्ता गर्न सुझाब दिइएको छ। उक्त समयमा पनि दर्ता नगरेको खण्डमा कानुन बमोजिम कारवाही गरिने निर्णय गरिएको बताइएको छ ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधि, व्यावसायी, सुरक्षाकर्मी, पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो।





प्रतिक्रिया दिनुहोस्