Ad image

रोल्पा जिल्लामै पहिलो पटक सुनिलस्मृति गाउँपालिकाले सार्वजनिक सुनुवाई अनुगमन समिति बनाउँदै

malashree
malashree २६ श्रावण २०८१, शनिबार
3 Min Read
Aa

गणेश केसी

रोल्पा जिल्लामै सुनिलस्मृति गाउँपालिकाले सार्वजनिक सुनुवाई अनुगमन समिति बनाउने भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रम प्रभावकारी भए नभएको मुल्याङ्कन गर्नका लागि गाउँपालिकाले अनुगमन समिति बनाउन लागेको हो ।

रोल्पा जिल्लामा पहिलो पटक सार्वजनिक सुनुवाई कार्यविधि बनाएर ब्यवस्थित रुपमा सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुवात गरेको गाउँपालिकाले यस पटक फेरी जिल्लामै पहिलो पटक सार्वजनिक सुनुवाई अनुगमन समिति गठन गर्न लागेको छ । प्रत्यक चौमासिकमा नियमित सार्वजनिक सुनुवाई गर्ने गाउँपालिका पनि सुनिलस्मृति गाउँपालिका हो ।

गत आर्थिक वर्षमा सुनिलस्मृति गाउँपालिकाले प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सुनिलस्मृति गाउँपालिका वडा नं. २ हरिगाउँमा सम्पन्न गरेको थियो । दोस्रो चौमासिक सार्वजनिक सुनुवाई वडा नं. ५ गजुलमा र वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिका केन्द्र सुलिचौरमा सम्पन्न गर्न लागेको छ । आर्थिक वर्ष २०८०–०८१ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम श्रावण २८ गते गर्दै छ । २८ गते हुने सार्वजनिक सुनुवाई कार्यक्रमलाई लक्षित गरेर अनुगमन समिति गठन गर्न लागेको सुनिलस्मृति गाउँपालिकाका प्रशासन शाखा प्रमुख रणबिर बुढाले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

सुलिचौरमा हुने सार्वजनिक सुनुवाई कार्यक्रमलाई लक्षित गरेर सुझाव संकलन भइ सकेको छ । गत आर्थिक वर्षमा गाउँपालिकाबाट संचालन भएका योजना, कार्यक्रम तथा विभिन्न वडा कार्यालय, गाउँपालिका विभिन्न शाखा लगाएतका कार्यालयहरुबाट दिइएको सेवा प्रवाह कस्तो छ, सुधार गर्नु पर्ने कुराहरु के–के छन, नागरिकहरुको प्रश्न, गुनासो संकलन गरिएको हो ।

वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम लक्षित सुझाव संकलन कार्यक्रम सुनिलस्मृति गाउँपालिकाको ८ वटा वडामा सम्पन्न गरिउको छ । सुझाव संकलन, नागरिक प्रतिवेदन र निर्गम अभिमत संकलन गर्नका लागि रेडियो सभ्यताका पत्रकार गणेश केसीलाई सार्वजनिक सुनुवाई संयोजक समेत नियुक्त गरिएको छ । केसीले श्रावण २८ गते हुने वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण पनि गर्नु हुनेछ । उहाले पालिका भित्रका ८ वटै वडाका कलस्टरमा पुगेर सेवा प्रदायक कार्यालयमा सेवा प्रवाहको अवस्था कस्तो छ, सेवाग्राहिहरुले सेवा लिए पछि कस्तो प्रतिकृया दिएका छन, बस्तीस्तरमा आम नागरिकहरुका गुनासो तथा समस्याहरु संकलन गर्नु भएको छ ।

सुझाव संकल, नागरिक प्रतिवेदन फारम तथा निर्गम अभिमत संकलन कार्यक्रम सुनिलस्मृति गाउँपालिका वडा नं. १ को घोडागाउँमा, २ को खुङग्री, ३ को पिपलधारा, ४ को कोइराल खर्क, ५ को क्वालीगाउँमा सम्पन्न गरिएको हो । यस्तै ६ को ठाँटी, ७ को तेवाङ वडा कार्यालय र ८ को चिन्नेमा सुझाव संकलन कार्यक्रम गरिएको सार्वजनिक सुनुवाई संयोजक पत्रकार गणेश केसीले जानकारी दिनु भएको छ ।

प्रत्येक वडामा १०–१० जनाको नागरिक प्रतिवेदन फारम र निर्गम अभिमत संकलन गरिनुका साथै २–२ जनाकादरले सुझाव, प्रश्न, प्रतिकृया तथा गुनासो रेकर्ड गरिएको छ । संकलिन नागरिक प्रतिवेदन फारम, निर्गम अभिमत र प्रश्न, प्रतिकृया, सुझाव वा गुनासोलाई श्रावण २८ गते हुने सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत गरिनेछ ।

उक्त दिन हुने सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पुर्ण राजनीतिक दलका प्रतिनिधि, सम्पुर्ण नागरिकहरु, उपभोत्ता समिति, टोलविकास सस्था, विभिन्न समुह, युवाक्लव, आमा सुमह, वुद्धिजिवि लगायतलाई उपस्थितिका सुनिलस्मृति गाउँपालिकाले अनुरोध समेत गरेको छ ।

 

malashree

प्रतिक्रिया दिनुहोस्