मालश्री खबर/ १४ साउन रोल्पा ।
सुनिलस्मृति गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को विपद् व्यवस्थापनको वित्तिय प्रगति ९४.३९ रहेको छ ।
१ वर्षभित्र भएका विभिन्न विपद्का घटनाहरुमा विपद् बाट प्रभावित ५८ घरपरिवारहरुलाई राहत उपलब्ध गराइएको विपद् व्यवस्थापन शाखा प्रमुख आशिष भारद्वाजले जानकारी दिनुभएको छ ।
गाउँपालिका भित्र भएका आगालागी बाढीपहिरो लगाएतको घटनाहरुमा गाउँपालिकाले नगरप्रहरी नेपाल प्रहरी नेपाली सेना सशस्त्र प्रहरीका साथै स्थानीय यूवाहरुको परिचालन गरि विपद् रोकथाम तथा नियन्त्रण गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्