छायाँ पुन (छपी),
मालश्री खबर, असार १६ रोल्पा ।
प्युठानको स्वर्गद्वारी नगरपालिका ५ निवासी विद्यार्थी प्रतीक भण्डारी सुरु देखि निकै मेहनती हुन् । त्यसैले उनी यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा रोल्पा जिल्ला उत्कृष्ट भए । भण्डारी उत्कृष्ट भएसँगै स्कुल, गाउँ देखि लिएर जिल्लामा समेत उनको चर्चा यतिबेला निकै भईरहेको छ ।
त्यसै क्रममा रोल्पामा करिब एक दसक देखि सामाजिक कार्यमा क्रियाशील संस्था सत्प्रयास समूहले उनलाई असार १६ गते एक औपचारिक कार्यक्रमका बीच सम्मानित तथा पुरुस्कृत ग¥यो । समूहका अभियन्ता एवं पत्रकार काशीराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा रोल्पा जिल्लाका विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य, प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती लगायत सत्प्रयासमा आवद्ध टिमले भण्डारीलाई नगद ५० हजार ५ र सम्मान पत्र प्रदान गर्दै थप उज्वल भविष्यको कामना साथ आगामी दिनको सुखःद यात्राको शुभेक्षा व्यक्त गरे । यो क्रम आगामी वर्षहरुमा पनि निरन्तर गर्ने घोषणा गरियो ।
सत्प्रयास समूहले विभिन्न समयमा विभिन्न व्यक्तित्वहरुलाई सहयोग गर्दै आएको छ । समूहले जिल्ला भित्र रहेका विपदमा परेका देखि जिल्लामा राम्रा काम गर्नेहरुलाई सहयोग तथा सम्मान गर्दछ ।
सोही कार्यक्रममा प्रतीकको भनाई यस प्रकार छ……
प्रतीकले कक्षा १ देखि ८ सम्म आफ्नै गाउँमा पढ्ेका हुन् । ८ कक्षा सकेपछि उनी ९ कक्षा पढ्नको लागि रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं। २ मा रहेको ज्ञानमन्दिर विद्या गृह खुङग्रीमा आएका हुन् । सानै उमेर देखि पढ्नमा अब्बल थिए प्रतीक । शालिन स्वभाव भएका उनी सबैका प्यारो पनि थिए । उनी भन्छन् म आज यो स्थानमा आउँन मेरा परिवार र शिक्षकको ठुलो हात छ ।
एउटा विद्यार्थीलाई आफ्नो राम्रो जग बनाउन घरसँगै विद्यालयको वातावरणले पनि सहयोग पु¥याउछ प्रतीकले भने । मेरो वुवा शिक्षण पेशामा लागेर होला मलाई घरमा पढ्नको लागि निकै राम्रो वातारवरण मिल्यो । मैले कक्षा ८ सम्म त बुवाले शिक्षण गर्ने स्कुलमा पढे । त्यसपछि भने रोल्पा आएको हु । म ८ कक्षा सकेपछि मेरा लागि धेरै अप्सन थिए । आफ्नै जिल्लामा पनि स्कुल थिए । तर मलाई ज्ञानमन्दिरमा नै पढ्ने योजना बनाएको थिए । किनभने त्यो स्कुलको पढ्ने वातावरण अनि शिक्षण गराउने शिक्षकको बारेमा बुझीसकेको थिए ।
९ कक्षामा जोइन् हुँदा सुरुमा नयाँ स्कुल, नयाँ शिक्षक अनि नयाँ साथीहरुसँग घुलमिल हुन गाह्रो भयो । पछि विस्तारै माहोल राम्रो भन्दै गयो । ९ कक्षामा राम्रो अंक लिएर पास भए ।
त्यसपछि १० कक्षामा भर्ना भईसकेपछि पढाई प्रतिको लगाव झन बढ्दै गयो । म सोच्थे २०८० सालको एसईईमा जिल्लामा सबै भन्दा राम्रो अङ्क लिन्छु । त्यसै अनुसार मेहनत र लगनशिल भएर अघि बढे । मलाई कसरी हुन्छ जिल्लामा उत्कृष्ट हुने उद्देश्य नै थियो । फागुनमा क्लास सकियो त्यसपछि भने म घरमै बसेर स्वः अध्ययन गर्ने निर्णय गरे ।
हाम्रो स्कुलबाट गएको वर्ष एसईई दिने विद्यार्थी २६ जना थियौं । ती मध्ये क्लास सकिएपछि कति साथी होस्टेल बस्ने भए त कतिले ट्युसन । म भने घरमा नै पढ्ने सोच गरे । त्यसपछि घरमै बसेर स्वः अध्ययन गरे । नजानेका कुरा नोट बनाएर राख्थे । हप्तामा एक पटक विद्यालय जान्थे र ती नजानेका कुराको समाधान गरेर आउँथे । िशक्षकहरुले पनि मलाई निकै सहयोग गर्नुहुन्थ्यो ।
भण्डारी भन्छन् मेरो जन्म प्युठान भए पनि मेरो जग बसाल्न काम रोल्पाले गरेको छ । म सधैं रोल्पा र प्युठानको लागि बलियो खम्बा भई उभिने छु । मैले गरेको मेहनतले आज जुन सम्मान पाएको छु । भोलिका दिनमा अझैँ राम्रो गर्ने प्रतिवद्धता यहाँ सबैमा राख्दछु । यो मेरो जीवनको पहिलो खुुड्किलोको रुपमा हेरेको छु । थाहा छ मैले यस्ता खुड्किला धेरै पार गर्नुछ । त्यसमा पनि सबैजनाको साथ सहयोग प्राप्त गर्नेछु भन्ने विश्वास छ ।
प्रतीकका बुवा यसो भन्छन् …
बुवाआमालाई गर्व गर्ने भनेको आफ्नो छोराछोरीको प्रगति रहेछ । रोल्पा जिल्ला प्रथम भईरहँदा आफुलाई हर्षित बनाएको बताए । मेरो छोरा पहिले देखि पढ्नमा धेरै रुची राख्थ्यो । उनको इच्छा र चाहाना अनुसार हामीले विद्यालय छनोट गरिदिएका थियौं । हामीले बाटो देखाउने काम गर्याे । त्यसमा डटेर उनी लागि परे र आज यो पल आयो । हरेक अभिभावकलाई यहि भन्छु, कि आफ्ना छोराछोरीले राम्रो गरोस् भन्ने चाहाना राख्दा छोराछोरीको इच्छा चाहाना बुझेर जान आवश्यक भएको बताए ।
शिक्षक के भन्छन्……..
ज्ञानमन्दिर विद्या गृहका प्रधानाध्यापक भन्छन् आफ्नो विद्यालयले जिल्ला उत्कृष्ट विद्यार्थी उत्पादन गर्नमा सबै शिक्षकको उत्तिकै महत्वपूर्ण भूमिका रहेको छ । २०६५ सालमा स्थापना भएको विद्यालयले २०७५ सालमा पनि जिल्ला प्रथम गराउन सफल भएको थियो भने गएको २०७९ सालमा पनि जिल्ला उत्कृष्ट विद्यार्थी गराउन सफल भएको थियो ।
प्रतीक कक्षा ९ मा भर्ना भईसकेपछि नै थाहा भै सकेको थियो । यो विद्यार्थीले राम्रो गर्छ भन्ने । उनको पढाईको लगाव देख्दा लाग्थ्यो जिल्लामा नै उत्कृष्ट हुन्छन् । अहिले त्यो नतिजा देख्न पाउँपा विद्यालय परिवार निकै हर्षित छौं । उनलाई आगामी दिनमा पनि यस्तै मेहनत लगनशिल भएर निरन्तर पाईला सार्न सुझाव दिए । साथै विद्यालयले प्रतीक जस्ता विद्यार्थी उत्पादन गर्नमा आफु लगायत विद्यालय परिवार लाग्ने धारणा राखे ।





प्रतिक्रिया दिनुहोस्