मालश्री खबर, जेठ १७ रोल्पा ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ की वडा सदस्यको मृत्यु भएको छ। नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित ३५ वर्षीया सुपारी विश्वकर्माको मृत्यु भएको हो।
रुन्टीगढी गाउँपालिकाका वडा नंं. ४ का का.बा अध्यक्ष भुवन पुनले वडा सदस्य विश्वकर्माको आफ्नै निवासमा मृत्यु भएको जानकारी दिनुभएको छ ।
गाउँपालिका का.बा अध्यक्ष पुनका अनुसार विश्वकर्मा पाठेघरको क्यान्सरबाट ग्रसित भएकोमा चितवन, काठमाडौं लगायतमा उपचार गरिएको बताउनुभयो । यसअघि गत वर्ष असार २७ गते यही वडाका वडाध्यक्ष टंक पुनको पनि मृत्यु भएको थियो।





प्रतिक्रिया दिनुहोस्