सुर्य प्रकाश बुढामगर/ मालश्री खबर, जेठ १६ गते रोल्पा
द्वन्द पीडित महिला राष्ट्रिय सञ्जाल रोल्पाले सरोकारवाला र पत्रकाहरुसँग परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । द्वन्द पीडित महिला राष्ट्रिय सञ्जाल रोल्पाको आयोजनामा बुधबार कार्यक्रम लिबाङान सम्पन्न भएको हो ।

द्वन्द पीडित महिला राष्ट्रिय सञ्जाल रोल्पाकी संयोजक श्रीकुमारी घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सीता आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्र्तीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समिती रोल्पाका उप-प्रमुख कर्मलाल परियार, जिल्ला समन्वय समिती रोल्पाका अधिकारी अयोध्या प्रसाद भण्डारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचनमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सचिव लोकेन्द्र चन्द र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान उपाध्यक्ष देवी गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा द्वन्द पीडित महिला राष्ट्रिय सञ्जाल रोल्पाका संयोजक श्रीकुमारी घर्तिले सञ्जालले रोल्पा जिल्लामा गरेको कामका बारेमा जानकारी गराउनु भएको थियो । काठ्माडौैंमा सञ्जाल दर्ता गरी सुरुमा १० जिल्लामा सञ्चालन भएको र अहिले धेरै जिल्लामा यसको सञ्जाल विस्तार भई द्वन्दमा परेको महिला र यौन हिंसामा परेको महिलाको लागि काम गर्ने र गर्दै आएको बताउनु भएको छ । साथै रोल्पा जिल्लामा सेप्टेम्बर २०२१ देखि अक्टोबर २०२३ सम्म भएका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियाे ।
जसमा शान्ती पहल ३१ वटा ४ हजारको दरले १ लाख २४ हजार खर्च भएको छ । अभिमुखिकरण ३१ वटा ५ हजारको दरले १ लाख ५५ हजार खर्च भएको छ । जिल्ला स्तरीय अभिमुखिकरण ३ वटा १५,२० र २० हजारको दरले ५५ हजार खर्च भएको छ । सामाजिक लेखा परिक्षण १ वटा २० हजार खर्च भएको छ । रोल्पा नगर स्तरीय समूह गठन १ वटा २० हजार खर्च भएको छ ।
कथा संकलन १३ जना सहभागी १ वटा रु. २० हजार खर्च भएको छ । स्वास्थ्य उपचार र आयआर्जनको लागि १० जना ५ हजारको दरले ५० हजार खर्च भएको छ । शान्ती वृत्त कार्यक्रम २ दिन १ वटा १ लाख २५ हजार खर्च भएको छ । जम्मा ५ लाख १९ हजार खर्च भएको बताईएको छ । आगामी कार्यक्रम रोल्पा जिल्लामा सेप्टेम्बर २०२३ देखि अक्टोबर २०२५ सम्म सञ्चालन हुने भएको छ ।
जसमा समितीको बैठक १८ वटा, शान्ती पहल १० वटा, अभिमुखिकरण १० वटा, स्वास्थ्य उपचार र आयआर्जनको लागि ५ जना, जिल्ला स्तयरी २ वटा, सामाजिक लेखा परिक्षण २ वटा र प्रदेश स्तयरी कार्यक्रम १ वटा रहेको छ । कार्यक्रमको सञ्चालन महिला शान्ती सहजकर्ता रिता थापा मगरले गर्नु भएको थियो ।






प्रतिक्रिया दिनुहोस्