Ad image

लाली गुराँस युवा क्लवको २६ औं वाषिकोत्सवको एक कार्यक्रमका बिच उद्धघाटन

मालश्री खवर
मालश्री खवर ५ बैशाख २०८१, बुधबार
8 Min Read
Aa

सुर्य प्रकाश बुढा / किरणबाबु वली, मालश्री खबर, बैशाख ५ रोल्पा ।
लाली गुराँस युवा क्लवको २६ औं वाषिकोत्सवको आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । “सभ्य समाजका लागि संस्कृती, विकास र परिवर्तनका लागि यूवाहरु” भन्ने उद्देश्यका साथ क्लवले खेलकुद तथा साँस्कृतिक कार्यक्रम परिबर्तन गाँउपालिका वडा न. ३ बागमारा स्थित क्लवको खेलमैदानमा सुरु गरेको आयोजकले जानकारी दिएको छ ।

क्लवका कार्यवाहक अध्यक्ष हिरालाल खड्का अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय अध्यक्ष जयन्द्र बहादुर चन्द रहनु भएको थियो भने उक्त कार्यक्रमको बिशिष्ट अतिथिमा परिबर्तन गाँउपालिका अध्यक्ष सुक बहादुर बुढा रहनु भएको त्यँहा पुग्नु भएको हाम्रा सहकर्मी किरणबाबु वलीले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय अध्यक्ष जयन्द्र बहादुर चन्दले खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गरेर खेलाडी र कलाकारलाई जम्घट गराउने काम लाली गुराँस युवा क्लबले गर्ने गरेको बताउनु भएको छ । यो क्लबले धेरै खेलाडी उत्पादन भएको बताउदै राष्ट्रका लागि यो ठाउँबाट नाम चिनाउने खेलाडी समेत लाली गुराँस युवा क्लबले उत्पादन गरेको जिकिर गर्नु भएको छ । लाली गुराँस युवा क्लव बाट कुनै बेलो आफू पनि राष्ट्रिय खेलमा खेल खेल्ने अवसर पाएको स्मरण समेत गर्नु भएको छ । यो क्लवमा आवद्ध भएको खेलाडी अहिले अन्तर्राष्ट्रिय स्तरमा समेत खेलाडी पुग्न सफल भएको बताउनु भएको छ । आफू उतिबेला सदरमुकाम बाट चार दिन हिडेर नेपालञ्ज पुग्ने गरेको समेत स्मरण गर्नुभयो । उहाँले भन्नु भयो अहिले यहीँ माटोले जन्माएको यहि क्लवको पुर्ब खेलाडी भुपेन्द्र थापाले देश र राष्ट्रको लागि अन्तर्राष्ट्रिय खेल खेलेको समेत बताउनु भएको छ । अहिले परिवर्तन गाउँपालिकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार लगायतको विकास गर्न आवश्यक रहेको बताउदै,सबै मिलेर यो गाउँ ठाउँको विकासको लागि लाग्नुपर्ने बताउनु भएको छ । साच्चै सबै मिलेर विकासमा हातेमालो गरेमा साच्चिकै परिवर्तन नाम जस्तै परिवर्तन भएको महशुस हुने समेत दाबी गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले लाली गुराँस युवा क्लब धेरै आरोह अपरोह पार गर्दै आएको बताउदै चर्चित युवा क्लब पश्चिम रोल्पाको लोकप्रिय र प्रभावशाली क्लब बन्न पुगेको बताउनु भएको छ । गाँउपालिका माथि उठेका प्रशनहरुको जवाफ दिर्दै गाँउपालिका अध्यक्ष बुढाले गाउँपालिकाको शिक्षा क्षेत्रको विषय गम्भीर रूपमा उठेको बताउदै,सोचेको जस्तो शिक्षामा नतिजा आउन नसकेको स्वीकार गर्नु भएको छ । साथै शिक्षा,स्वास्थ्य,कृषि,पूर्वाधार,पर्यटन लगायतका क्षेत्रमा राम्रा कामहरु भएको समेत बताउनु भएको छ।सडक क्षेत्रमा अहिले धेरै सुधार हुँदै गएको बताउदै,शहिद मार्ग अन्तरगत पर्ने दुईखोली चुनबाङ खण्ड र दुईखोली थबाङ खण्डमा स्तर उन्नतिको काम भइरहेको समेत बताउनु भएको छ।स्वास्थ्य क्षेत्रमा पनि १५ शैयाको अस्पताल पनि निर्माणाधीन अवस्था रहेकोे समेत बताउनु भएको छ । पालिकामा विकास काम गर्न धेरै बाँकी रहेको समेत बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पाटीका पश्चिम रोल्पा जिल्ला इन्चार्ज सन्दीप ओलीले क्लबले प्रत्येक बर्ष आफ्नो बार्षिक उत्सव गर्दै आएको र आर्थिक जोहो गरेर कार्यक्रम गर्दै आएको बताए । नयाँ बर्षको अवसरमा धेरैले शान्ति समृद्धिको बर्ष बनोस् भनेर शुभकामना सामाजिक सञ्चालनमा लेखेको देखेको जिकिर गर्दै अहिले विश्व तेस्रो विश्व युद्धमा जाने संकेत गरेको र रुस युक्रेन,इजरायल र हमास लगायत देशमा युद्ध भएको बताए।साथै नेपालमा पनि राजनीति अस्थिरता,एमसीसी पारित लगायतका घटनाहरु भएको बताउदै अहिले नेपालमा लुटतन्त्र,भष्ट्राचार लगायतका थुप्रै घट्ना भएको समेत बताए ।

परिवर्तन गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष खिम विक्रम चन्दले विकास भनेको एवं प्रकारले हुने र विकास एकैपटक नभएर विस्तारै हुने विषय भएको बताए।आफू सुन्ने ठाउँमा भएकोले शिक्षा,स्वास्थ्य,कृषि ,रोजगार लगायतको विषयमा कुरा उठ्ने भएकोले यी सबै क्षेत्रमा चाहे पछी परिवर्तन गाउँपालिकाले तरङ्ग ल्याउन सकिने बताए ।

नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सभापति खडक घर्ती मगरले शिक्षामा परिवर्तन गाउँपालिकामा अभिभावकको पनि कमजोरी रहेको बताउदै,कृषि क्षेत्रको सुधारको लागि गाउँपालिकाले सबैसँग बृहत रूपमा छलफल गर्नुपर्ने बताए,साथै क्लब यहाँसम्म आउँदा धेरै दुख,संघर्षको यात्रा पार गरेर यहाँसम्म आएको बताए ।

नेकपा एमाले परिवर्तन गाउँपालिका सह–संयोजक तिलबहादुर पुन मगरले क्लबको २६ औं बार्षिक उत्सव लाई सभ्य र भव्य रूपमा सफल बनाउने क्लब परिवारलाई आभार व्यक्त गर्नु भएको छ।साथै यो क्लब नाम जस्तै लाली गुराँस जस्तै भएको जिकिर गर्दै शिक्षा,स्वास्थ्य र कृषि सुधार गर्नुपर्ने बताए । शिक्षा सुधारको लागि हिजो मात्र बृहत रूपमा शिक्षा क्षेत्र सुधार गर्ने विषयमा ५÷६ वटा बुदामा छलफल भएको र अहिलेको नेतृत्वसँग समन्वय सहकार्य गर्ने समेत बताए ।

क्लवका पूर्व अध्यक्ष सुर्य प्रकाश डाँगीले २५ औं बार्षिक उत्सव भन्दा अहिलेको २६ औं बार्षिक उत्सव साच्चिकै क्लबको लागि नौलो भएको बताए । साथै यो कार्यक्रमले खेलकुद प्रेमी प्रमुख अतिथि पाउन सफल भएको बताउनु भएको छ ।

क्लबका पूर्व अध्यक्ष दिपेन्द्र कुमार डाँगीले यो क्लबलाई यहाँसम्म लिई पु¥याउने संस्थापक अध्यक्ष विश्व कुमार चन्द लगायत पूर्व अध्यक्षहरु पूर्व पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ । साथै यो क्लबले धेरै प्रतिभाहरु पनि उत्पादन गर्न सफल भएको समेत बताउनु भएको छ ।

उद्योग बाणिज्य संघ परिवर्तन गाउँपालिका संयोजक प्रेक कुमार बुढा मगरले रोल्पा जिल्लाको पाँचौ व्यापारीक केन्द्र बागमारा मेला आयोजना गरेको र पश्चिम रोल्पाकै पुरानो,चर्चित क्लब भएको बताउनु भएको छ ।

नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक गोपाल बहादुर केसीले अहिले परिवर्तन गाउँपालिकाको सामुदायिक विद्यालयको अवस्था कमजोर भएको कुरा सुन्दा आफूले पानी खाने गराएको बताए,४६९ जना विद्यार्थीमा जम्मा ३८ जना मात्र उतिर्ण हुनु अहिले परिवर्तन गाउँपालिका शिक्षा शाखाले जवाफ दिन परेको बताए, शिक्षा क्षेत्र राजनीतिक बाट मुक्त नगरुन जेल सुधार नहुने समेत बताउनु भएका छ ।

नेकपा केन्द्रिय सचिवालय सदस्य अनिल केसीले चुनावमा शिक्षामा परिवर्तन गर्छौं भनेर प्रतिवद्धता गरेको र अहिले दुबै बितिसक्दा पनि केही सुधार नभएको र भर्खरै सार्वजनिक भएको कक्षा ८ को नतिजाले पनि कमजोर भएको पुष्टि गरेको बताए,४०,४५ जना विद्यार्थीमा २ देखि ४ जनामात्र उत्तीर्ण भएको र केही विद्यालय शून्य भएको र एसईई परिक्षामा पनि २ देखि ४ जना मात्र उत्तीर्ण हुने गरेको बताए।अहिले नेपाल राजनीतिको राजनीति तीन तर्फ फर्केको एक पक्ष राजतन्त्र ल्याउने,एक पक्ष सत्ता पुग्ने र अर्को पक्ष बाहिरीने गरेको बताउनु भएको छ ।
उद्धघाटन कार्यक्रममा जनप्रतिनिधी, बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, पत्रकार, बुद्धिजिबी लगाएको समेत आतिथ्यता रहेको थियो ।

वार्षिकोत्सवको अवसर पारेर क्वलले पालिका स्तरीय खुल्ला पुरुष भलिबल, महिला भलिबल, लोक दोहोरी, एकल तृत्य, लोक गित लगाएत प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको क्वलका उपाध्यक्ष लोकेन्द्र डाँगीले जानकारी दिनु भएको छ ।

साथै क्लवको वार्षिकोत्सवको अवसरमा बैशाख ६ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितीमा बृहत सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको बताइएको छ । उक्त सस्कृतीक कार्यक्रम गायिका सम्झना लामिछाने मगर, गायक अर्जुन सापकोटा, गायिका कामना वली, गायक तथा उद्घोषक राजेश भण्डारी, हास्य कलाकार हुकुमबाबू ओली डान्सर संगिता पुनमगर लगाएत दैनिक स्थानिय स्तरका कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने क्लवका कार्यवाहक अध्यक्ष हिरालाल खड्काले बताउनु भएको छ ।

क्लवको खेल मैदान परिबर्तन गाँउपालिका ३ बागमारा रोल्पामा भोली हुने बृहत सांस्कृतीक कार्यक्रमकमा उपस्थित भैइ कार्यक्रमलाई सफल बनाउनको लागी जनप्रतिनिधी,बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, झाकी समुह, आमा समुह, सञ्चारकर्मी, बुद्धिजिबी, ब्यापारी शिक्षक बिद्यार्थि, खेलाडी लगाएत आम जनसमुदायलाई उपस्थितीको लागी आयोजकले अनुरोध समेत गरेको छ ।

     

प्रतिक्रिया दिनुहोस्

Array