Ad image

राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाले गजल प्रतियोगिता गर्दै

मालश्री खवर
मालश्री खवर ५ बैशाख २०८१, बुधबार
1 Min Read
Aa

मालश्री खबर, बैशाख ५ रोल्पा ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाले १५ औं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशनको अवसरमा जिल्ला स्तरीय खुल्ला गजल प्रतियागिता गर्ने भएको छ । बैशाख १५ गते लिबाङमा सो कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्ला स्तरिय गजल प्रतियोगिताका लागि गजलकारले १० गतेसम्म गजल पठाईसक्नु पर्नेछ । जस्को लागि व्गलपष्चष्कबलअजबच२नmबष्।िअयm मा पठाउन सकिनेछ । यसरी प्राप्त भएका गजलहरुको बैशाख १२ गतेसम्मका लागि प्रारम्भिक छनोट सटलिस्ट गरिनेछ । छनोटमा परेका उत्कृष्ट १० गजलहरु मात्र अन्तिम मूल्यांकनमा पर्नेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार ५ हजार, द्धितिय पुरस्कार ३ हजार र तृतिय पुरस्कार २ हजार रहेको छ भने प्रमाण पत्रको व्यवस्था पनि गरिएको राप्ती साहित्य परिषद रोल्पाका अध्यक्ष कविता उपाध्यायले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

यसैबीच साहित्यकार गीता निर्दाेषीद्वारा स्थापित सरुपा चित्र नारी प्रतिभा पुरस्कार र साहित्यकार नगेन्द्र गुरुद्वारा स्थापित देवकी दामोदर बाल प्रतिभा पुरस्कार समेत वितरण गरिनेछ । पुरस्कार वितरणका लागि साहित्यकार डी.वी टुहुरोको संयोेजकत्वमा साहित्यकार ओम पंछी र साहित्यकार पुरण क्षेत्रीलाई श्रष्टा छनोटको लागि जिम्मा दिएको आयोजकले जनाएको छ ।

गजल प्रतियोगितामा साहित्य परिषदका सम्पर्ण आजीवन तथा साधारण सदस्य, साहित्यकार, साहित्यनानुरागी, सर्जक, साहित्यप्रेमीहरु, पत्रकार लगायत सरोकारवालालाई कार्यक्रममा उपस्थितीको लागि राप्ती साहित्य जिल्ला शाखा रोल्पाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array