Ad image

लाली गुराँस युवा क्लवको २६ औं वाषिकोत्सवको सबै तयारी पुरा

मालश्री खवर
मालश्री खवर ४ बैशाख २०८१, मंगलवार
2 Min Read
Aa

किरणबाबु वली / मालश्री खबर, बैशाख ४ रोल्पा ।

लाली गुराँस युवा क्लव परिवर्तनले गाँउपालिका वडा न. ३ इरिबाङ रोल्पाको भोली देखी हुन लागेको २६ औं वार्षिकोत्सवको सबै तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

“सभ्य समाजका लागि संस्कृती, विकास र परिवर्तनका लागि यूवाहरु” भन्ने उद्देश्यका साथ क्लवले खेलकुद तथा साँस्कृतिक बैशाख ५ गते देखी ११ गते सम्म परिबर्तन गाँउपालिका वडा न. ३ बागमारा स्थित क्लवको खेलमैदानमा आयोजना गरेको क्लवका कार्यवाहक अध्यक्ष हिरालाल खड्काले रेडियो मालश्रीलाई जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

भोली हुने उद्धघाटन कार्यक्रमको प्रमुख अतिथि गणतान्त्रिक खेलकुल महासंघका केन्द्रिय अध्यक्ष जयन्द्र बहादुर चन्द रहेको बताइएको छ ।

वार्षिकोत्सवको अवसर पारेर क्वलले पालिका स्तरीय खुल्ला पुरुष भलिबल, महिला भलिबल, लोक दोहोरी, एकल तृत्य, लोक गित लगाएत प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको क्वलका उपाध्यक्ष लोकेन्द्र डाँगीले जानकारी दिनु भएको छ ।

साथै क्लवको वार्षिकोत्सवको अवसरमा बैशाख ६ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितीमा बृहत सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको बताइएको छ । उक्त सस्कृतीक कार्यक्रम गायिका सम्झना लामिछाने मगर, गायक अर्जुन सापकोटा, गायिका कामना वली, गायक तथा उद्घोषक राजेश भण्डारी, हास्य कलाकार हुकुमबाबू ओली डान्सर संगिता पुनमगर लगाएत दैनिक स्थानिय स्तरका कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने क्लवका कार्यवाहक अध्यक्ष हिरालाल खड्काले बताउनु भएको छ ।

क्लवको खेल मैदान परिबर्तन गाँउपालिका ३ बागमारा रोल्पामा भोली हुने उद्घाटन कार्यक्रमकमा उपस्थित भैइ कार्यक्रमलाई सफल बनाउनको लागी जनप्रतिनिधी,बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, झाकी समुह, आमा समुह, सञ्चारकर्मी, बुद्धिजिबी, ब्यापारी शिक्षक बिद्यार्थि, खेलाडी लगाएत आम जनसमुदायलाई उपस्थितीको लागी आयोजकले अनुरोध समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array