Ad image

चैते दशैमा पनि सुनिलस्मृतिले सरसफाई जारी राख्यो

मालश्री खवर
मालश्री खवर ४ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, बैशाख ४ रोल्पा ।

रोल्पाको सुनिलस्मृति गाउँपालिकामा सरसफाई कार्यक्रम मंगलबार पनि गरिएको छ । हरेक महिनाको १ गते गरिने कार्यक्रम यो पटक भने नयाँ वर्ष परेकोले मंगलबार सरसफाई गरिएको हो ।

सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टाईको नेतृत्वमा कर्मचारीहरुले सरसफाई गरेको गाउँपालिका नगर प्रहरी प्रमुख प्रहरी साहेक निरीक्षक चेतमान विष्टले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

आज (मंगलबार) को सरसफाइ गाउँपालिकाको भवन देखि फगाम खोलासम्म गरिएको सुनिलस्मृति गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ । “हाम्रो सुलिचौर बजार, हामी सफा” गछौं भन्ने नाराका साथ त्यस क्षेत्रमा सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै आईएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array