Ad image

भेटेरिनरी अस्पताल रोल्पाद्धारा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमकाे आयोजना

मालश्री खवर
मालश्री खवर ३ बैशाख २०८१, सोमबार
4 Min Read
Aa

सुर्य प्रकाश बुढामगर/मालश्री खबर, बैशाख ३ रोल्पा ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले आगामी आर्थिक बर्ष २०८१ र ०८२ सालमा संचालन गरिने बार्षिक कार्यक्रम तर्जुमाका लागि रोल्पा जिल्लाका सरोकारवाला सञ्चारकर्मीहरुसँग १ दिने योजना तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको आयोजनामा सोमबार लिबाङमा कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

रोल्पा जिल्लामा पशुपन्छी तथा मत्स्य बिकासको क्षेत्रमा गर्न सकिने कार्यक्रमहरुका बारेमा सरोकारवालाहरुसँग र सञ्चारकर्मीहरुको आवश्यकता, महत्वपूर्ण सुझाब संकलनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपानेले बताउनु भएको छ ।

- Advertisement -
Ad image

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र रोल्पाका प्रमुख डा. शंकर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सीता आचार्य रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले व्यावसाय र पेशा दुबै जिबीकोपार्जन गर्नका लागि भएको बताउनु भएको छ । चाहे त्यो सानो व्यापार होस् चाहे, त्यो ठूलो व्यापार हो, यी सबै जीवन निर्वाह गर्नको लागि गर्ने माध्यम भएको बताउनु भएको छ । जिल्लामा पशुपालन घट्नु दुःखद पक्ष भएको समेत बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीनलोचन मगरले पशुपालन, कृषि, पर्यटन, कला, संस्कृति सबै क्षेत्रलाई आर्थिक पाटोसँग जोड्नुपर्ने बताउनु भएको छ । अहिले सबै क्षेत्रलाई आर्थिकसँग जोडिनु आवश्यक रहेको उहाँको भनाई छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले सञ्चालन गरिरहेका कार्यक्रमहरुको प्रगति विवरण, आगामी आर्थिक बर्षका लागि पेश गरिने पशु सेवा कार्यक्रमहरुको योजना बारेमा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा शंकर न्यौपानेले कार्यपत्र प्रस्तुत समेत गर्नु भएको थियो । जसमा रोल्पा जिल्लामा मासु, अण्डा र दुध उत्पादनमा भएको विवरण प्रस्तुत गर्नु भएको थियोे । रोल्पा जिल्ला उत्पादनमा अन्य जिल्लाको तुलनामा कम उत्पादन भएको देखिएको न्यौपानेले बताउनुभएको छ । आगामी आर्थिक बर्षमा बजेट करिब २५ प्रतिशत घटेर आउने समेत जानकारी गराउनु भएको छ ।

कार्य पत्र पेश गर्दै नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढा मगरले अहिले रोल्पामा भइरहेको पशु पालन क्षेत्रमा भएको उत्पादन र घढ्दो अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । । जसमा अहिले रोल्पामा पछिल्लो समय पशु पालन गर्नेको संख्या घटेको समेत बुढाकोे भनाई रहेको छ । पहिले धेरै गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशुपालन हुने गरेको देखिन्थ्यो, तर अहिले गाउँमा जाने हो, भने एक देखि चार पाँच ओटा मात्र केहिले पालेको देखिन्छ । जसले गर्दा पछिल्लो समय रोल्पा जिल्लामा पनि पशुपालन गर्नेको संख्यामा गिरावट आएको देखिने गरेको बताउनु भएको छ ।

यस्तै कार्य पत्र पेश गर्दै नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष महेश न्यौपानेले सञ्चार क्षेत्रको आँखामा रोल्पाको पशुपालन क्षेत्र सम्बन्धि विषयमा पत्रकारको भुमिका विषयकमा जानकारी गराउनु भएको थियोे । जसमा राष्ट्रिय स्तरको मिडियामा रोल्पा जिल्लाको पशुपालन क्षेत्रको समाचार सम्प्रेषण नभएको बताउनु भएको छ । तर जिल्ला स्तरको मिडियाले भने समाचार केही मात्रामा समावेश गरेको बताउदै, अब सबै जिल्लामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीले पशुपालन क्षेत्रको समाचार लेख्नु आवश्यकता रहेको बताउनु भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका सस्थापन सभापति काशिराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, रेडियो जलजलाकी स्टेशन म्यानेजर देबी गुरुङ, रेडियो मालश्रीका पत्रकार गणेश केसी, रेडियो रोल्पाका पत्रकार डिएस डाँगी लगायत रोल्पा जिल्लामा संचालित बिभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेश सरकारबाट आगामी बर्षको बजेट तथा कार्यक्रमका प्राथमिकता, आवधिक योजनाको मर्म, सरोकारवाला तथा सञ्चारकर्मीहरुबाट प्राप्त सुझाबलाई आधार मानेर आगामी बर्षको लागि बजेट तथा कार्यक्रम माग गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका पशु चिकित्सक डाक्टर प्रतिभा थापामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पशु सेवा विज्ञ केन्द्र रोल्पाका सुचना अधिकारी गिरबहादुर घर्तीमगरले गर्नु भएको थियोे ।

  

प्रतिक्रिया दिनुहोस्

Array