Ad image

होलेरीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

मालश्री खवर
मालश्री खवर ३ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

मालश्री खबर, बैशाख ३ रोल्पा ।
रोल्पाको रुन्टीगढी गाउँपालिकाको केन्द्र होलेरी बजारमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । होलेरी बजार व्यवस्थापनको आयोजनामा सो कार्यक्रम गर्न लागिएको हो ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने उद्देश्यका साथ खेलकुद कार्यक्रम गर्न लागिएको होलेरी बजार व्यवथापन समितिका अध्यक्ष होम यरिले रेडियो मालश्रीलाई जानकारी दिनुभएको छ ।

खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्धितिय पुरस्कार ५० हजार, तृतिय पुरस्कार ३५ हजार र सान्त्वना पुरस्कार २५ रहेको छ । कार्यक्रम बैशाख १२ गतेबाट सञ्चालन गरिने आयोजकले जनाएको छ ।

खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि विभिन्न समिति समेत गठन गरिएको प्रचार–प्रसाद संयोजक मनोज पुनले बताउनुभयो । प्रतियोगिमा सहभागिको लागि विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, खेलप्रेमि, खेलाडी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई उपस्थितीको लागि होलेरी बजार व्यवस्थापन समिति रोल्पाले अनुरोध गरेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array