Ad image

लुङ्ग्री गाउँपालिकाको तेस्रो अध्यक्ष कप लुम्बिनी प्रदेशका मन्त्री पुनद्वारा उद्घाटन

मालश्री खवर
मालश्री खवर २ बैशाख २०८१, आईतवार
2 Min Read
Aa

मालश्री खबर, वैशाख २ गते ।

लुङग्री गाँउपालिकाको तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता आज एक कार्यक्रमका बिच उद्धघाटन भएको छ ।

तेस्रो अध्यक्ष कप प्रतियोगिताको लुम्बिनी प्रदेशका मन्त्री तथा प्रबक्ता दिपेन्द्र कुमार पुनले उद्घाटन गर्नुभएको थियोे ।

लुङग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री दिपेन्द्र कुमार पुन सिजलको प्रमुख आतिथ्यता रहेको थियो । 

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मन्त्री तथा प्रबक्ता दिपेन्द्र पुनले खेलाडीहरु अनुसासनका पर्याय एवं राष्ट्रका गहना भएकोले अनुशासित र मर्यादित भएर खेल खेल्नुपर्ने बताउनु भएको थियो । खेलकुदमा हारजित स्वाभाविक प्रक्रिया हुने भन्दै मन्त्री पुनले हारजित पछी खेलाडीहरुले एक अर्का प्रति रिस राग र झैझगडा गर्न नहुने भन्दै खेलकुद प्रशिक्षकहरुलाई खेल निष्पक्ष एवं उदारवादी भएर खेलाउन निर्देशन दिनुभयो ।

खेलकुद क्षेत्रमा लगानी गर्नु भनेको शारीरिक र मानसिकरुपमा दक्ष जनशक्ति उत्पादनका लागि आधार निर्माण गर्नु भएको भन्दै सिजलले लुङग्री गाउँपालिकाले अध्यक्ष कपको आयोजना गरेर युवा जनशक्तिको मनोभावनालाई सम्बोधन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका सदस्य मिना विकको विशिष्ट आतिथ्यता रहेको थियो । उहाँले कार्यक्रममा अध्यक्षकपको शुभकामना दिदै प्रदेश संघ र प्रदेश बाट पर्याप्त बजेट उपलब्ध नहुँदा नहुँदै पनि स्थानीय तहले खेलकुदको क्षेत्रमा उल्लेखिनिय योगदान गरिरहेको बताउनु भएको थियोे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलकुमारी गुरुङ, जनप्रतिनिधि, गाउँपालिका स्थित राजनीतिक दल, पत्रकार तथा बिभिन्न बिद्यालयका विव्यस अध्यक्ष, शिक्षक, विभिन्न विधाका खेल प्रशिक्षकले शुभकामना मन्तव्य दिएका थिए ।

?गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रोजगार संयोजक सुन्दर घर्तिले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस्

Array