Ad image

आगामी आर्थिक बर्षका लागि स्थानीय तहहरुसँग योजना तर्जुमा कार्यक्रम सम्पन्न

मालश्री खवर
मालश्री खवर २ बैशाख २०८१, आईतवार
3 Min Read
Aa

मालश्री खबर, बैशाख २ रोल्पा ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले आगामी आर्थिक बर्ष २०८१/०८२ सालमा संचालन गरिने बार्षिक कार्यक्रम तर्जुमाका लागि जिल्ला स्थित स्थानीय तहहरुसँग १ दिने योजना तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको आयोजनामा आइतबार लिबाङमा सम्पन्न गरिएको भएको आयोजकले जानकारी दिएको छ ।

पशुपन्छी तथा मत्स्य बिकासको क्षेत्रमा गर्न सकिने कार्यक्रमहरुका बारेमा स्थानीय तहहरुको आवश्यकता, महत्वपूर्ण सुझाब संकलनका लागि गरिएको सो कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्य रहनु भएको थियो ।

योजना तर्जुमा कार्यक्रममा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र घर्ती, सुनछहरी गाउँपालिका अध्यक्ष धन बहादुर पुन, सुनिलस्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन, त्रिबेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा, माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती मगर, परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर ,प्रमुख जिल्ला अधिकारि खिम बहादुर रायमाझी, नगर उपप्रमुख, गाउँपालिका उपाध्यक्षहरुका साथै १० ओटै पालिकाका पशुपन्छी बिकास शाखा प्रमुखहरुको उपस्थिति रहेको बताइएको छ ।

- Advertisement -
Ad image

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले संचालन गरिरहेका कार्यक्रमहरुको प्रगति विवरण, आगामी आर्थिक बर्षका लागि पेश गरिने कार्यक्रमहरुको योजना तर्जुमाका आधारहरुका बारेमा विज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपानेले एक कार्यपत्र प्रस्तुत समेत गर्नु भएको थियो । कार्यक्रमका अतिथी रोल्पा नगरपालिकाका मेयर लगायत अन्य पालिकाका प्रमुखहरुले रोल्पा जिल्लामा पशु पन्छीको क्षेत्रमार्फत आर्थिक बिकासको प्रचुर सम्भावना रहेको औल्याउदै स्थानिय नश्लहरुको संरक्षण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गराउने,कृषकका उत्पादनहरुको बजारीकरण,कृषि पेशालाई दिगो तथा नाफामुलक बनाई आकर्षक पेशाको रुपमा स्थापित गराउन सक्ने र पशु पन्छीपालन मार्फत रोजगारी सृजना गरि आर्थिक बिकास एबम समृद्ध रोल्पा बनाउने गरि आगामी आगामी बर्षका कार्यक्रम प्रस्ताव गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारि खिम बहादुर रायमाझीले स्थानीय आवस्यकता, प्राबिधिक हिसाबले योग्य र कार्यान्वयन गर्न सकिने योजना मात्र माग गर्नका लागि सुझाब दिनु भएको थियो ।

कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय प्रमुख सीता आचार्यले सम्पूर्ण स्थानीयतका प्रमुखहरु, पशु पन्छीको क्षेत्रमा कार्यरत प्राबिधिकहरुको उपस्थितिमा आगामी आर्थिक बर्षको लागि योजना तयारी सम्बन्धमा छलफल गरिनु सकारात्मक भएको र जनताको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउने गरि कार्यालयलाई आवश्यक तयारि गर्न समेत अनुरोध गर्नु भएको थियो।लुम्बिनी प्रदेश सरकारकाद्वारा आगामी बर्षको बजेट तथा कार्यक्रमका प्राथमिकता,आवधिक योजनाको मर्म, स्थानीयतहहरुबाट प्राप्त सुझाबलाई आधार मानेर आगामी बर्षको लागि बजेट तथा कार्यक्रम माग गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array