Ad image

नेकपा माओवादी केन्द्र निकट जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती साउदीको अधिवेशन सम्पन्न

मालश्री खवर
मालश्री खवर २ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

मालश्री खबर, बैशाख २ रोल्पा ।

नेकपा माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती साउदीको छैठौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट लुङग्री गाउँपालिकाका राजन खड्का उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशिल मञ्च साउदीले अप्रिल १२ तारिखमा साउदी स्थित दमाममा महाधिवेशन गरेको थियो । माहाधिवेशमा नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालको विशिष्ट आतिथ्यता रहेको थियो ।

यस्तै माओवादी केन्द्रका सचिव राम कार्की, नेपाली दुताबासका प्रतिनिधि, राजनीतिक तथा गैर राजनीतिक संघ संस्थाको आतिथ्यतामा महाधिवेशन सम्पन्न गरिएको नेपाली जनप्रगतिशिल मञ्च साउदीले रेडियो मालश्रीलाई जानकारी दिएको छ ।

- Advertisement -
Ad image

शुक्रबार भएको अधिवेशनबाट राम चन्द्र वाग्ले अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ, भने ५ उपाध्यक्ष, ५ सचिव, १ महासचिव, १ कोषाध्यक्ष, १ सह–कोषाध्यक्ष र १ प्रवक्ता गरि अन्य सदस्य सहित ४३ सदस्यीय बनाईएको बताईको छ ।

प्रतिक्रिया दिनुहोस्

Array