Ad image

सुलिचौर बजारको सरसफाइ 

मालश्री खवर
मालश्री खवर ३० चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, चैत ३० गते रोल्पा ।

पुर्बी रोल्पाको मुख्य व्यापारीक केन्द्र सुलिचौर बजार क्षेत्रमा सरसफाई अभियानले निरन्तरता पाएको छ ।

सुनिलस्मृति गाउँपालिका रोल्पाको अगुवाइमा आज सुलिचौर बजार क्षेत्रको सरसफाइ गरेको छ । गाउँपालिको नगर प्रहरी सुलिचौर  बजाराबासी लगाएतको सहभागितामा बजार क्षेत्रको सरसफाई गरिएको गाउँपालिकाको सचिवालयले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।

यस अघि गाउँपालिकाले बजार क्षेत्रको सरसफाईको लागि प्रत्येक महिनाको १ गते अर्थात एक दिन मात्र सरसफाई गर्ने तयारी गरेको थियो तर महिनाको एकदिन मात्र सरसफाई गर्नु त्यति प्रभावकारी नदेखिएको पछिल्लो समय शुक्रबार देखि प्रत्येक हप्ताको एक दिन बजार क्षेत्रको सरसफाईमा जुट्ने कार्यक्रम अनुसार आज शुक्रबार सुलिचौर बजार क्षेत्र सरसफाई गरिएको गाँउपालिका नगर प्रहरी सहायक निरीक्षक चेतमान विष्टले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

गाउँपालिकाले प्रत्येक शुक्रबारको दिनलाई सरसफाई अभियानको रुपमा अगाडी बढाएकोले यस अभियानमा सबै लाग्न उहाँले आग्रह गर्नुभयो । सरसफाई कार्यक्रममा नगर प्रहरी, बजारबासी स्थानीय वुद्धिजीवी व्यापारी लगाएतको सहभागीता रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array